डा. केसीको माग बेवास्त गर्दै चिकित्सा विधेयक संसदमा पेश गर्ने तयारी

काठमाडौं। सरकारले डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ। सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक २०७५ संसदमा पेश गर्ने संसदको संभावित कार्यसूचीमा राखिएको छ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ दिनदेखि जुम्लामा आमरण अनशन बसेका गोविन्द केसीको विरोधकाबीच सरकारले उक्त विधेयक संसदमा पेश गर्ने तयारी गरेको हो। डा. केसीका प्रतिनिधि र सरकारबीच अनौपचारिक छलफल भइरहेका बेला सरकारले विधेयक संसदमा पेश गर्न लागेको हो।

डा. केसीले माथेमा आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने अडानमा छन् भने सरकारले माथेमा आयोगको प्रतिवेदन जस्ताको त्यस्तै कार्यान्वयन गर्न नसकिने बताउँदै आएको छ।

१६ दिनदेखि जारी अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। सरकारले डा. केसीलाई काठमाडौं ल्याउने बताइरहेपनि डा. केसी आफ्ना माग पूरा नभएसम्म काठमाडौं नआउने अडानमा छन्। तर सरकारले केसीको अवस्था धेरै नाजुक भयो भने बल प्रयोग गरेर काठमाडौं ल्याइने बताएको छ।
डिसी नेपाल

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com