बेल्टारमा बालबालिकालाई तिनदिने भित्तेपत्रिका लेखन तालिम सम्पन्न

उदयपुर चैत २९ । चाैँदण्डिगढि नगरपालिका वडा नं २ काे सहयाेग, र किर्तिमानि युवा सँघ नेपाल बेल्टार शाखाकाे अायाेजनामा वडा न २ स्थित गाउँघर क्लिनिकमा ३दिवसिय बाल भित्ते पत्रिका लेखन तालिम सम्पन्न भएको छ ।

उद्घाटन समारोह चाैदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईले गरे भने कुमार पाैडेल, प्राथमिक स्वास्थ्य केन्द्र अ,न,मि ,सुस्मा पाैडेल, शसस्त्र प्र, बरिस्ठ हवल्दार अमर बिक, र कार्यक्रमका सहजिकरण पत्रकार देबराज राई र चित्रकुमार कार्कीले गरेका थिए । स्थानीय बुद्धिजीवी तथा समाजसेवी हरुकाे अातिथ्यतामा कार्यक्रम संन्चालन भएकाे थीयाे  भने समापन समाराेहमा अध्यक्ष बस्नेत ,प्रमुख अतिथि वडा अध्यक्ष सन्ताेस सुवेदी ,विशिस्ट अतिथि, जिल्ला ट्राफिक कार्यलयका प्र. ना.नि लाेक ब दियालि र प्र. हवल्दार तिलक पाैडेल कामना ईङ्ग्लिस बाेर्डिङ स्कुलका प्रिन्सिपल बिक्रम राई, स्थानीय समाजसेवी ,बुद्दिजिवि पत्रकार लगायतका ब्यक्तिहहरुकाे अा तिथ्यतामा कार्यक्रम संचालन भएको हाे ।

 

कार्यक्रममा अन्तिम दिन ४० जना बालबालिकालाई जिल्ला ट्राफिक प्रहरीका नायब निरिक्षक लाेक ब.दियालिले ट्राफिक नियम सम्बन्धि शिक्षा प्रदान गरेकाे किर्तिमानि युवा सँघ बेल्टार शाखा अध्यक्ष बस्नेतले जानकारी दिइन्। कार्यक्रम समापनकाे दिन सम्पूर्ण बालबालिकाले भित्ते पत्रिका प्रकासन गरेका थिए । पत्रिका प्रकासन पश्चात् समाज सुधार र गाउँ बिकासमा बालबालिकाकाे महत्त्वलाइ बिशेश ध्यान दिदै सँघले बाल क्लब पनि गठन गरेकाे अायाेजक सँघकि सदस्य सुनिला राईले जानकारी दिइन्।मन्तब्यकाे क्रममा वडा अध्यक्ष सुवेदीले बालबालिकालाई सम्झाउदै ,तालिम लिनु मात्रै ठुलाे कुरा हैन ,अाफुले सिकेका कुरालाई अरुमाझ प्रस्फुटन गरेर पनि देखाउनु पर्छ। र बालबालिकाहरुले उक्त भित्ते पत्रिका लेखनमा निरन्तरता दिदै गए वडा बाट साथ र सहयाेग सधैभरि मिल्ने बताए । यस्तै कार्यक्रम समापन मन्तब्य राख्दै अध्यक्ष बस्नेतले बिध्या मात्रै यस्तो चिज हाे ,जुन जति बाड्याे त्यसको दाेब्बर बढ्ने भएकाले सहभागि सम्पुर्ण बालबालिकामा सिकेका कुरालाई भाई,बहिनि तथा साथिहरुलाई सिकाउन बुझाउन अनुराेध गरेकि थिइन् ।

 

किर्तिमानि युवा संघ बेल्टार शाखाका दिनु उपस्थित सम्पूर्णमा बिन्ति गरेकाे साथै गठन भएकाे उक्त बाल क्लबलाई सधै संस्थाले साथ सहयाेग गर्ने प्रतिबद्दता जनाउदै कार्य व्यस्तताका बाबजुतपनि कार्यक्रममा सहभागी भइदिएकोमा सम्पूर्णलाई बिशेश धन्यवाद साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयाेग गर्नुहुने सम्पुर्णमा अाफु लगायत किर्तिमानि युवा सँघ नेपाल बेल्टार शाखाकाे तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियोे ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com