हिमालय मेलको सम्पादकमा जगन कार्की

लण्डनत । लण्डनबाट सञ्चालित नेपाली अनलाइन हिमालयमेल डटकमको सम्पादकमा जगन कार्की नियुक्त भएका छन् । हिमालय मेल ग्रुपका एक निर्देशक अर्जुन कटुवालले कार्कीलाई सम्पादकको पदमा नियुक्त गरिएको जनाएका छन् ।
सम्पादक नियुक्त कार्की पछिल्लो समय बेलायतमै रहेर नेपाली पत्रकारितामा क्रियाशिल रहंदै आएका छन् ।
विद्यार्थीकालमा विराटनगरस्थित कोशी एफएममा कार्यक्रम प्रस्तोताका रुपमा मिडियाको करियर सन् २००५ देखि सुरु गरेका कार्की त्यसयता अनवरत फ्रिलान्स पत्रकारका रुपमा क्रियाशिल रहंदै राष्ट्रिय अन्तरास्ट्रिय पत्रपत्रिकाहरुमा लेख्दै आएका छन् ।

हाल बेलायतबाट प्रकाशित हुने नेपालीपत्रमा समेत उनले स्तम्भकारका रुपमा आफ्ना लेख, रचना नियमित रुपमा प्रकाशित गर्दै आएका छन् । त्यसबाहेक कार्कीले बेलायतमा सांग्रिला अनलाइन टिभीको सम्पादकको रुपमा पनि काम गरेका थिए ।
गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकार तथा गैर आवासीय नेपाली संघको एकेडेमी अन्तर्गतको पोलिसी इन्स्टिच्युट मातहतको रिसर्च कमिटीमा ज्ञान ब्यबस्थापन तथा संचार बिभागका संयोजक पनि रहेका छन ।
नेपाल तथा बेलायतबाट विभिन्न ३ वटा विषयमा मास्टर्स पूरा गरेका कार्कीले अहिले व्यापार प्रशासनमा बेलायतबाट विद्यावारिधी गरिरहेका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com