एनआरएनए केन्द्रिय 
पदाधिकारीलाई लन्डन दूतावासमा स्वागत

 

लन्डन । लन्डनस्थित नेपाली राजदूतावासले गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । मंगलबार दिउसो दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी र बेलायत भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले एनआरएनए अध्यक्ष भवन भट्ट एवं उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यलाई औपचारिक बधाइसहित सम्मान गरेका हुन् ।

एनआरएनए पदाधिकारीहरुको कार्यकाल सार्थक, उपलब्धिमुलक र रचनात्मक रहोस् भन्ने शुभकामना दिंदै राजदूत डा. सुवेदीले पुष्पगुच्छा र खादाको सम्मानसहित औपचारिक बधाइ दिए । राजदूत सुवेदीले एनआरएनए अध्यक्ष भट्टले सोमबार बेलायतबाट घोषणा गरेको १० अर्ब रुपैयांको पूर्वाधार विकास कोष समुन्नत नेपाल र देशको आर्थिक विकासको दिशामा ऐतिहासिक एवं दुरगामी असर 
गर्ने खालको भएको बताए । उनले नेपाल सरकारले गैर आवासीय नेपालीलाई विशेष प्राथमिकतामा राखेको जनाउंदै नेपालको अबको एकमात्र एजेन्डा आर्थिक समृद्धिमा सघाउन सबै समक्ष आग्रह समेत गरे ।

गभर्नर नेपालले पनि एनआरएनएको १० अर्ब रुपैयांको पूर्वाधार विकास कोषको स्वागत गर्दै त्यसमा आफूहरुको सक्दो सहयोग हुने बताए । गभर्नर नेपालले बेलायतवासी नेपालीलाई मातृभूमिको विकासका लागि दत्तचित्त भएर लाग्न आग्रह समेत गरे ।

कार्यक्रममा एनआरएनए अध्यक्ष भट्टले दूतावासप्रति आभार व्यक्त गर्दै विदेशमा रहेका समस्त नेपालीको चाहना समृद्ध नेपाल होस् भन्ने रहेको बताउंदै आफ्नो अभियानमा नेपाल सरकारबाट सधैं साथ पाइरहने आशा व्यक्त गरे ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, एनआरएनए सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, एनआरएनए सल्लाहकार डा. हेमराज शर्मा, मिडियाकर्मी, सामाजिक अभियन्ता, युरोपका एनआरएन नेता, लगायतको सहभागिता थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com