राष्ट्रियसभा गठनका विषयमा कानूनविदबीच नै फरक मत

काठमाडौँ, २९ मंसिर – राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने-नसकिनेबीचमा कानूनविदबीच नै फरक मत देखिएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रियसभा गठन नगरी नयाँ सरकार गठन हुन नसक्ने बताउनुभयो ।

उहाँले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशलाई जतिसक्दो छिटो स्वीकृत गर्नुको विकल्प नभएको र राष्ट्रपतिले अध्यादेश रोकिराख्दा सरकार गठन हुन नसक्ने जिकिर गर्नुभयो ।

संविधानविद् डा भीमार्जुन आचार्यले राष्ट्रियसभा गठन नभए पनि सरकार गठन हुनसक्ने तर त्यसका लागि प्रतिनिधिसभा आवश्यकपर्ने बताउनुभयो ।

उहाँले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा आफू भएको उल्लेख गर्दै वर्तमान धरातलीय आवश्यकता भएको हुँदा मत खेर जान दिन नहुने धारणा राख्नुभयो ।

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले राष्ट्रियसभा गठन नगरी सरकार गठन बनाउन नसकिने बताउनुभयो ।

उहाँले राष्ट्रियसभा नभएको अवस्थामा बरु प्रधानमन्त्री बनाए पनि संघीय संसद्को समावेशी मन्त्रिपरिषद् गठन गर्न नसकिने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर ताजा जनादेश आइसकेको छ तर दलबीच बहुमतीय वा एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने विषयमा सहमति नहुँदा कानून बन्न सकेको छैन । जसले गर्दा सरकार निर्माण तथा संघीय संसद्को गठन प्रक्रियामा ढिलाइ भइरहेको छ । रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com