प्रकृतिको पूजा गरी मनाइयो उँधौली पर्व

काठमाडौँ, १७ मंसिर (रासस) ः प्रकृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उँधौली पर्व मनाइएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले राष्ट्रिय चाडका रुपमा मनाउने किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

“प्रकृतिको वरदानस्वरुप भूमिबाट उब्जनी भएको अन्न बाली पहिले प्रकृतिलाई नै अर्पण गरेर मानिसले खाने परम्परास्वरुप यो पर्व मनाउने गरिएको हो, यस पर्वलाई उँधौली र बाली लगाउनुअघि वैशाख महिनाको पूर्णिमामा प्रकृतिको पूजा गरी मनाइने पर्वलाई उँभौली भनिन्छ”, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङ्देनले भन्नुभयो ।

यस पर्वलाई विसं २०५० देखि बृहत्रुपमा मनाउन थालिएको उहाँले बताउनुभयो । विसं २०६४ पछि सरकारले मार्गशीर्ष शुक्ल पूर्णिमाको दिनलाई उँधौली पर्वका रुपमा सार्वजनिक बिदा दिन थालेपछि पहिचानसहित रौनकता बढेको किराँत धर्मावलम्बीले जनाएका छन् । यो पर्व विशेष गरी किराँत जातिको बाहुल्यता रहेको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्नेले मनाउने गर्छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com