सुरक्षा प्रवन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ४ मंसिर (रासस) – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि आवश्यक सबै प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग आज प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोद्धन हुने गरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिनुभएको हो ।

निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउनुहोस्, गृहमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो – ‘सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ ।’

उहाँले संविधान र कानुनको परिधिभित्र रहेर निर्वाचन सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सुरक्षा निकायलाई सचेत गराउनुभयो ।

सो अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनावारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो ।

सो अवसरमा मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीको उपस्थित थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com