संसदबाट नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन

 

काठमाडौँ, २५ असोज (रासस) – व्यवस्थापिका–संसद्को आजको बैठकले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान सर्वसम्मतिले अनुमोदन गरेको छ ।

जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सो विधान अनुमोदन गरियोस् भन्ने प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएपछि नेपाल मजदुर किसान पार्टीका सांसद दिल्ली काफ्ले र प्रेम सुवालले विज्ञान र प्रविधिको वर्तमान युगमा नवीरकणीय ऊर्जा आवश्यक भएको विभिन्न सवाल गर्नुभएको थियो ।

छलफमा उठेका सवालका जवाफ दिँदै मन्त्री चौधरीले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधानबाट नेपाललाई ज्ञान, सीप,अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने जानकारी गराउनुभएको थियो ।

यसैगरी बैठकले “भाषा आयोग विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । सभामुख ओनसरी घर्तीले बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाको अनुपस्थितिमा समितिका सदस्य आनन्दी पन्तले “राजर्षिजनक विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७४” बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

उपनियम निलम्बन 

यसैगरी सदनको आजको बैठकले व्यवस्थापिका–संसद् नियमावली १२७ को उपनियम एक पनि निलम्बन गरेको छ ।

भाषा आयोग विधेयक, २०७३ लाई यही असोज २७ गतेभित्र पारित गर्न आवश्यक भएकाले सो नियमावलीलाई बैठकको बहुमतले निलम्बन गरेको हो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको निलम्बन सम्बन्धी सो प्रस्तावमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रेखा शर्माले समर्थन जनाउनुभएको थियो ।

व्यवस्थापिका– संसद्को अर्काे बैठक यही २०७४ असोज २६ गते दिनको १ बजे बस्नेछ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com