बुद्ध लामा 'नेपाल आइडल' घोषित

 

काठमाडाैं । बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् ।

एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे ।  अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

को हुन् बुद्ध ?

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुर्ख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो ।

बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।

आफ्नो बिद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन ।

दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन-२०११’ मा चौथो भए ।

चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भयो ।

गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् । अनलाइन खबर 

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेदर्ल्याण्डमा नेपाली समुदायको एक झलक

सबैलाई डर देखाउने मृत्यु के हो र यो भयबाट कसरि मुक्त रहने?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Mobile Sliding Menu

Himalayamail.com