ओएनएफ यूकेले बाढी पीडितलाई राहत उपलव्ध गराउने

 

लन्डन । प्रवासी नेपाली मञ्च, बेलायत, (ओएनएफ यूके) ले नेपालका बाढी पीडितका लागि प्रभावकारी ढंगले राहत तथा पुनस्र्थापनाको काम गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ । मञ्चका तर्फबाट अध्यक्ष राजेन्द्र पुडासैनीले मंगलबार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेको ज्ञापनपत्रमा उक्त माग छ । साथै ज्ञापनमा बेलायतवासी प्रवासी नेपालीहरुले पनि यथासक्य सहयोग संकलन गरी नेपाल सरकारलाई उपलब्ध गराउने वचनवद्धता व्यक्त गरिएको छ ।

मञ्चले नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण गर्ने र नेपाली भूभाग डुबानमा पार्ने गरी बनाएका संरचनाहरु तुरुन्त भत्काउन समेत माग गरेको छ ।

ज्ञापनपत्र जस्ताको तस्तैः

प्रवासी नेपाली मञ्च, यू.के.
श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
श्री नेपाल सरकार, मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं, नेपाल,
मार्फत, श्री महामहिम राजदूत श्री दुर्गाबहादुर सुवेदीज्यू, नेपाली राजदूतावास, लन्डन, बेलायत ।

विषयः ज्ञापन पत्र
श्री सम्माननीय प्रधानमन्त्री महोदय,
केही दिन यता परिरहेको अविरल वर्षाका कारण नेपालको तराई जलमग्न भएको छ । बाढीको कहरले पूर्वी तराईलाई सबैभन्दा बढी आक्रान्त पारेको छ भने पश्चिमी तराई पनि बाढीको चपेटामा परेको छ । अत्यधिक अविरल वर्षाका कारण पहाडी भूभागमा पहिरोले ताण्डव मच्चाएको छ । दर्जनौं नेपालीको ज्यान गएको छ भने सयौं बेपत्ता भएका छन् तथा लाखौं नेपालीहरु विस्थापित हुन वाध्य भएका छन् । तराईमा बाढी र डुबानका कारण मृतकको लास जलाउने वा गाड्नेसमेत ठाउं नभएर त्यत्तिकै बगाउनु परेको सुन्दा हामी प्रवासमा हुने नेपालीहरुको मन धर्धरी रोएको छ । दुःखको यस घडीमा सबै मृतकजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छांै भने मृतकका शोकाकुल आफन्तहरुप्रति 
गहिरो समभाव प्रकट गर्दछौं ।

देशभित्रका नेपाली दाजुभाइ–दिदीबहिनीहरु, सबैले संयम गर्नुहोस् र एक–आपसमा सहयोग गर्नुहोस् ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
दुःखको यस घडीमा प्रभावकारीढंगले राहत तथा पुनस्र्थापनाको काम गर्न हामी प्रवासी नेपालीहरु नेपाल सरकारसंग जोडदार माग गर्दछौं । साथै हामी बेलायतवासी प्रवासी नेपालीहरुले पनि यथासक्य सहयोग संकलन गरी नेपाल सरकारलाई उपलब्ध गराउने वचनवद्धता पनि व्यक्त गर्दछौं ।

कोशी र गण्डकीमा भारत सरकारले आफ्नो मात्र फाइदा हुनेगरी बांध बांधेको र त्यसबाट नेपाललाई वर्षाको बेला बाढीमा डुबान गराउने तर हिउंदमा सिंचाइका लागि पानी उपलब्ध नगराउने भारत सरकारको रवैया हामी देश – विदेशमा रहेका सबै नेपालीहरुमाझ लुकेको विषय रहेन । यसैगरी रुपन्देहीको खुर्दलौटन बांध, कपिलवस्तुको महलीसागर बांध र बांकेको लक्ष्मणपुर बांध लगायत दर्जनौं ठाउंमा भारतीय पक्षबाट नेपाली सीमाको नजिकै एकतर्फीरुपमा बांध बांध्नाले वर्षेनी तराईमा डुबानको समस्या बढिरहेको छ ।
प्रवासी नेपाली मञ्च, बेलायत (ओएनएफ यूके) भारतीय पक्षबाट हुने गरेको यसखाले ज्यादतीको जोडदार विरोध गर्दछ तथा वर्षायाममा प्राकृतिक रुपमा बग्ने पानीमा कुनै अवरोध नगर्न पनि माग गर्दछ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
प्रवासी नेपाली मञ्च, बेलायत, (ओएनएफ यूके) भारत सरकारसंग नेपाल सरकारले तराईको डुबानका विषयमा अविलम्ब ठोस वार्ता गरोस् र समाधानका लागि कूटनीतिक पहल गरोस् भन्ने पनि माग गर्दछ । हाम्रो संगठनको माग छ, कोशी, गण्डकी लगायत विभिन्न स्थानमा गरिएका जलश्रोत सम्बन्धी सन्धी– सम्झौताहरु नेपालको हितलाई ध्यानमा राख्दै संशोधन गरियोस् । नेपालको दक्षिणी सीमामा भारतीय पक्षले प्राकृतिक बहावको पानी नियन्त्रण गर्ने र नेपाली भूभाग डुबानमा पार्नेगरी बनाएका संरचनाहरु तुरुन्त भत्काइयोस् ।

बेलायतमा बस्नुभएका सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हाम्रो हार्दिक अपिल छ– आफू सक्दो राहत दान गर्न र संकलन गरी जुटाउनका लागि तत्कालै जुटौं ।

राजेन्द्र पुडासैनी, अध्यक्ष
प्रवासी नेपाली मञ्च, बेलायत

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com