लन्डनवासी रेडियोकर्मी नरेन्द्र बस्नेतको तीज गीत सार्वजनिक

 

लन्डन । लन्डनवासी रेडियोकर्मी नरेन्द्र बस्नेतको तीज गीत सार्वजनिक भएको छ । अनलाइन गोर्खा रेडियोका सञ्चालक बस्नेतको शब्दमा कला पंगेनी र खुमन अधिकारीको स्वर अनि कृष्ण बि.क.को संगीत रहेको गीत पापी घरैमा… को म्यूजिक भिडियो भर्खर सार्वजनिक गरिएको हो ।

गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडलहरु अन्जली अधिकारी र महेन्द्र गौतमको अभिनय छ । भिडियो प्रविन थापाले निर्देशन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन छ । दृश्य निर्माणमा हवाइट मिडिया प्रालिले भूमिका निभाएको छ ।

आफ्नो ज्यानको राम्रो ख्याल गरे है, बाह्र हाते पटुकी कस पियारी, 

आउंला सानु दुई चार साल पछि त गाह्रो पिरो नमानी बस पियारी…

बस्नेतले यस गीत परदेशमा रहेर आफ्नी पियारी प्रतिको सम्झना स्वरुप तयार पारिएको बताए । गीतमा पियारीलाई आफू दुई चार सालपछि फर्किने बाचा गर्दै महिलाहरुको गहनाप्रतिको रुची, भोकै ब्रत बस्ने प्रचलन हुंदा स्वास्थ्य प्रति ख्याल राख्न, बाबुआमालाई राम्रो हेरविचार गर्न, दुःखमा आत्तिन नहुने जस्ता सन्देशहरु दिन खोजिएको छ ।

म्यूजिक भिडियो –

Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.

YouTube privacy policy

If you accept this notice, your choice will be saved and the page will refresh.

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com