अभिनेता क्षेत्रीलाई बेलायतबाट दिइयो ३ लाख

 

लन्डन । अस्वस्थ अभिनेता दीपक क्षेत्रीको उपचारार्थ बेलायतवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बेलायतबाट संकलित तीन लाख रुपैयां आइतबार नेपालमा वरिष्ठ अभिनेता कृष्ण मल्ल तथा मोडल जान्वी बोहराले क्षेत्रीलाई हस्तान्तरण गरे ।

क्षेत्रीको उपचारका लागि समाजका सल्लाहकार एवं प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाको विशेष पहल तथा क्षेत्री समाज बेलायतको संयोजनमा ३ दिनमा संकलित तीन लाख रुपैयां नेपाल पठाइएको आपतकालिन कोष संयोजक प्रतिमा केसीले जनाइन् ।

क्षेत्री विगत चार वर्षदेखि घांटीमा मासु पलाएर ग्रसित छन् । उनको जीवनरक्षाका लागि सरकारले केही नगरेपछि देश विदेशबाट सहयोग संकलन जारी छ ।

गत साता सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा उनको मर्मस्पर्शी भिडियो अन्तर्वार्ता भाइरल भएपछि उनलाई सहयोग ओइरिने क्रम बढेको हो । दार्जिलिंगमा जन्मेर काठमाडौंमा आइ दर्जनौं नाटक, टिभी सिरियल र सयौं चलचित्रमा जोडदार अभिनय गरेका क्षेत्री विगत ४ वर्षदेखि घांटीमा मासु पलाएर बोल्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com