ईनासको युरोप स्तरीय पाँचौं एकल गायन तथा आठौं एकल नृत्य प्रतियोगिता हुने

लण्डन ।

 ईनास ग्लोबलको बार्षिक कार्यक्रम अनुसार युरोप स्तरीय पाँचौं एकल गायन तथा आठौं एकल नृत्य प्रतियोगिता आगामी अप्रिल १४ र १५ गते जर्मनीको म्युनिक शहरमा ईनास जर्मनी तथा इनास युरोपको संयुक्त आयोजना संचालन हुने भएको छ । यस सन्दर्भमा इनास युकेले एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त प्रतियोगिताको बारेमा जानकारी गराएको छ । युरोप भरी छरिएर रहेका नेपाली कलाकारहरुले सहभागि हुन पाउने यस प्रतियोगितामा युके भित्रबाट पनि  आन्तरिक प्रतिस्पर्धा गराई गायन र नृत्य बिधाबाट एक एक कलाकारको छनौट गरिने छ। सो कालागि इच्छुक कलाकारलाई नृत्य तथा गायन बिधामा सहभागीताको लागि छोटो बायोडाटा सहितको आबेदन संस्थाको इमेल secretariat@inasuk.org मा मिति 02/03/2023 भित्रमा पठाउन समेत आग्रह गरिएको छ ।
त्यसरी आएका निबेदन उपर संस्थाको कार्यसमितीले मूल्यांकन गरि छनौटमा परेकालाई कार्यक्रमका बारेमा बिस्तृत जानकारी प्रदान गर्न सम्पर्क गरिने ब्यहोरा समेत प्रेस  बिज्ञप्तीद्वारा  जानकारी गराइएको छ ।
युरोप तथा विश्व भरी नै चर्चा हुने तथा हेरिने उक्त कार्यक्रममा सहभगि भै आफ्नो ट्यालेण्ट देखाउने सुबर्ण अवसरको सदुपयोग गर्नु हुन ईच्छुक कलाकारहरुलाई सहभागिताको लागि ईनास युकेले हार्दिक आव्हान गरेको छ।
यो अवसरलाई युके बासी कलाकारहरुले आफुमा भएको कला देखाउन पाउने विशेष मन्चको रुपमा लिने आशा गर्दै संस्थाका अध्यक्ष बिनोद चिपालुले उक्त आन्तरिक प्रतिस्पर्धाबाट छानिएका एक एक कलाकारलाई इनास युके को तर्फबाट कार्यक्रममा सहभागि हुन जर्मनी पठाइने कुराको जानकारी गराएकाछन् ।

यो बिज्ञप्ति पढ्ने पाठकहरुले समेत आफ्ना चिने जानेकाहरुलाई प्रचार प्रसार गरि सहयोग गरि दिने कुरामा संस्थाका महासचिव सर्बेन्द्र अधिकारीले आशा  ब्यक्त गरेकाछन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com