बेलायतका युबा नेपाली व्यवसायीले नेपालमा “ई-क्याब”सेवा" शुरु !

लण्डन । बेलायतमा सफल युवा नेपाली व्यवसायीका रुपमा स्थापित व्यवसायीहरू दिपक श्रेष्ठ,सन्तोश मण्डल,सजनी लामा र रबट बिश्वकर्माले नेपालमा “ई-क्याब” ट्याक्सी सेवा सुरु गर्ने भएकाछन् । दिपक श्रेष्ठ ,सन्तोश मन्डल लगायत बिशेष टिमले शुरु गरेको “ई क्याब नेपालले “ नेपालमा कार्यालय स्थापना गरि व्यापक सेबा दिने तयारी गरेको हो।

ई क्याब एक अनलाइन ट्याक्सी सेवा हो, जसमा डिजिटल QR प्रणालीबाट ट्याक्सी बूक गर्न सकिन्छ । जसमा हाल १५ सय जना भन्दा बढि दक्ष ट्याक्सी चालकहरू आवद्ध रहेको र आवद्धता बढाउने क्रम जारी रहेको श्रेष्ठले बताए ।

जनवरी २१ मा काठमाडौंको ठमेल स्थित चारतारे होटल “एलफ्टमा “ एक भब्य कार्यक्रमका साथ उक्त सेवाको उदघाटन गर्न लागिएको व्यवसायी तथा” ई-क्याब” नेपाल प्रा. लि का अध्यक्ष दिपक श्रेष्ठले बताउनुभएको छ ।

नेपाल सरकारले लिएको डिजिटल नेपाल अभियानलाई समेत सार्थकता दिने उद्देश्यले उक्त सेवा सुरु गर्न लागिएको अर्का सञ्चालक सन्तोस मन्डलले बताए ।उनी हाल कार्यलय सन्चालन र सेवा सुरुवातको निम्ति नेपाल पुगेका छन् भने दिपक श्रेष्ठ पनि नेपाल तर्फ हिडिसकेकाछन् ।

ई-क्याबले जनवरी २०२२ अन्तिम सम्ममा आफुहरुसंग आवद्ध हुन चाहनेहरूसंग पार्टनर्शिप बढाउदै ६०% बनाउने लक्ष राखेकोछ ।यो सेवा बिश्वस्तरिय सेवासुविधाका साथ सुरु गर्न लागिएको भन्दै संचालक श्रेष्ठले नयाँ प्रविधिसंग जोडिदै अघि बढ्ने अभियान रहेको बताए ।

कस्तो हो ईक्याब ?

बेलायतमा सञ्चालित “उवर” “बोल्ट”जस्तै अत्याधुनिक सेवा दिने ईक्याबमा यात्रुको सुरक्षाको निम्ति गाडी कहाँ पुग्यो भनेर ट्रयाक गर्न सकिने फिचर राखिएको छ । यूके तथा अन्य देशहरू बाटै बुक गर्न मिल्ने क्याबमा डिजिटल पेमेन्ट, कार्ड समेत प्रयोग गर्न सकिने सुविधाछन ।साथै खल्ती सेवा र नगद भुक्तानी दिन सकिनेछ । क्याबमा सामान छुटेको अवस्थामा समेत सामानको कुनै चिन्ता गर्न नपर्ने गरि सुरक्षा दिईने गरिएको श्रेष्ठले बताए ।

काठमाडौँको सार्वजनिक यातायात अस्तव्यस्त छ। साधन हुनेहरू आफ्नै साधन लिएर हिँडेपनि नहुनेहरू कष्टसाथ यात्रा गर्छन्। बस, माइक्रो, ट्याम्पो जताततै यात्रुको चापाचाप हुन्छ। बिहान र बेलुका अफिस टाइममा सार्वजजिक सवारीमा खुट्टा टेक्ने ठाउँ भेट्न पनि हम्मेहम्मे पर्छ। यस्तै समस्याका बीच सुविधा लिने यात्रुले “ई-क्याब” एपमार्फत उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा लिन सक्छन्। एपबाट नजिकको प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ। साथै अरूको लागी पनि क्याब बुक गरी सुरक्षित साथ गन्तब्यमा पुर्याउन सकिन्छ यात्रा बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउने हुदा उपभोक्ताहरु भाडा दरमा ठगिनु पर्दैन !

हाल नेपालमा पठाओ, टुटल, ट्याक्सीमाण्डु लगायतले सेवा दिइरहेका छन । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा यी एपहरुसंग पनि स्वच्छ प्रतिस्पर्धा र एक आपसमा सहकार्य गरि अघि बढ्ने ई-क्याबको भनाइ छ ।

को हुन् दीपक श्रेष्ठ ?

नेपालको स्थाई घर कपिलबस्तु , बाण गंगा नगरपालिका, बैरिया भएका बेलायतका सफल युवा नेपाली व्यवसायीका रुपमा स्थापित छन् श्रेष्ठ । सन् २००७ मा बेलायत आएदेखि नै उनले व्यवसायिक र सामाजिक जीवनलाई संगसंगै अघि बढाउँदै ल्याएका छन् ।

श्रेष्ठको बेलायतमा क्यास एण्ड क्यारी, पब र प्रोपर्टी व्यवसाय छ भने नेपालमा बेलुन नेपाल प्रा. लि., लुम्बिनी क्रसर प्रा. लि., हिमालयन ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. मार्फत विभिन्न व्यवसाय चालु छन् ।

बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालमा पहिलोपटक पर्यटकीय नगरी पोखरामा ‘हट एयर’ बेलुन सेवा शुरु गरि पोखराको मनोरम दृश्यावलोकन गर्ने व्यवस्था गरेको छ ।

एक दशकदेखि एनआरएन अभियानमा सक्रिय श्रेष्ठले यसअघि एनआरएनए यूके ईग्ल्याण्ड राज्य समितिको अध्यक्ष तथा र एनआरएन यूकेको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरि सकेकाछन् । बुद्ध फाउण्डेसन यूकेका संस्थापक देखि हाल सम्म पनि अध्यक्ष नै छन् भने ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य समेत रहेका छन्

बेलायत बसेर नेपालमा ‘डिजिटल प्लेटफर्म’ विस्तार गर्ने को हुन् सन्तोष मण्डल ?

इन्टरनेट र मोबाइल ‘एप्लीकेसन’ मार्फत नेपालभर सामान ढुवानी सेवा र बाटोमा सवारी साधन बिग्रिए तुरुन्त मर्मत सेवा दिने इ-ट्रान्सपोर्टेसन सर्भिसका प्रवन्ध निर्देशक बेलायतस्थित युवा व्यवसायी हुन् सन्तोष मण्डल । नेपालको स्थाई घर बुटबल भएका मण्डल ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य बेलायत बसेर नेपालमा डिजिटल प्लेटफर्म विस्तार गर्न सफल र ‘नेपालमा नयां प्रविधि लैजाने कम्प्युटर इन्जिनियर आइटी उद्यमी हुन् उनि ।मण्डल बेलायतमा डिजिटल बिजनेस सम्बन्धि काममै छन् । उनले बेलायतमा सिकेको सीप नेपालमा ‘नयां कन्सेप्ट’ लगेको बताउछन ।

को हुन् रबट बिश्वकर्मा ?
नेपालको स्थायी घर धरान भई २० बर्ष देखि बेलायतमा बसोबास गर्दै आएका र १३ बर्ष भन्दा बढीको फाइनान्स र प्रोजेक्ट म्यानेजमेन्टको अनुभव र दूरसञ्चारमा साथै घर जग्गा लगानीकर्ता समेत रहेका उनि हाल स-परिवार सहित सिंगापुरमा बसेर कम्पनीको काम गर्दै आएका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com