लन्डन । नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेको अधिवेशनले सभापति प्रत्यासी चारजनालाई सभापतिमा चयन गरेको छ ।
उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ तर त्यो नेपाली काँग्रेसको बिधान र नियम बिपरित गरिएको सहभागीहरुले बताएकाछन । जुनकुरा बदर योग्य छ र धेरैले यसको सामाजिक संजालमा बिरोध गर्न शुरु गरेकाछन।
२७ नोभेम्बर शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पांचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोश्रो वर्ष, कोपिला वनेम लिम्बु तेश्रो वर्ष र युवराज सिंह चौंथो वर्ष सभापति हुने गरि निर्वाचित गरेको पूर्व महामन्त्री तथा निर्वाचन समितिका सदस्य केशव भण्डारीले जनाए ।
अधिवेशनले विधान संशोधन गरि एक कार्यकालका लागि मात्र यस्तो सहमति गरेको बताए पनि यो कार्य काँग्रेस को बिधान र नियमावली बिपरित रहेकोछ ।
विधान समितिका संयोजक शिवजी श्रेष्ठ एवं सदस्यहरु सुरज केसी र राष्ट्र राईले कार्यसमितिमा संख्या थप सम्बन्धमा प्रस्ताव लगेर विधान अनुमोदन गराएका थिए ।
समितिमा २ हजार ५ जना क्रियाशिल सदस्य छन् तर करिब ५० जनाको उपस्थिति थियो।
अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका छन् भने उपसभापतिमा ५ जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिए ।
यसअघि सभापति पदमै उम्मेद्वारी घोषणा गरेका रिचर्ड गुरुङ सहमति निर्माणका लागि त्याग गर्न तयार भएपछि उनलाई उपसभापतिको जिम्मेवारी दिइएको हो ।
महामन्त्रीमा पनि ५ जना चुनिएका छन् जसमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन छन् । सह-महामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सन्जिव राई, उमिरा (उषा) राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका छन् ।
त्यसैगरि, सदस्यहरुमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुषाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको छ ।
निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रिय प्रतिनिधिमा समितिका पूर्व सभापति लोक गुरुङ थिए ।
यसैगरि, अधिवेशनले आउंदो डिसेम्बर महिनामा काठमाडौँमा हुन गइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि पनि चयन गरेको छ । महाधिवेशन प्रतिनिधिका लागी निर्बाचन समितिका संयोजकले अरुलाई उम्मेदबार दिनबाट बन्चित गराएको। दरखास्त हाल्ने सूचना मै बन्देज गरिएको भब स्पष्ट हुनेगरी सुचना जारि गरिएको थियो। नेपालि जनसम्पर्क समन्बय विभागका केन्द्रिय आमन्त्रित सदस्य अर्जुन कटुवाल र डार्ट फोर्ड नेपाली समाजका पूर्ब अध्यक्ष गजेन कटुवाल ले कडा प्रतिबाद गर्दा निर्बाचन समितिले आफ्नो गल्ति स्वीकार गरेको १४ जना को उम्मेदबारी शुल्क प्रक्रियामा प्राप्त नभएको र १४ जनाले सदस्यताबापत बुझाएको रकमको पुरुस्कार स्वोरुप सौदाबाजीमा महाधिबेसन प्रतिनिधि चयन गरिएको छ। सहमतिमा जादा सबै पदमा गरिएको तर २ जना मात्रले अधिबेसन सभा हलमा बिरोध गरेको , ति भएका प्रतिनिधिहरुले भाग लिन नपाउदा के हुने भनि प्रश्न गर्दा सबै चुपलागेको र अन्तमा कार्यसमितिले निर्णय गरेर अरुलाई भागलिन लगाउने लज्जास्पद निर्णय गरेपछि महाधिबेसनका प्रतिनिधि हुन बन्चित गरिएका उम्मेदबारहरु सभास्थलबाट बाहिरिएका थिए। यसैक्रममा हिमालय मेल प्रतिनिधि संग गजेन कटुवालले अब हामि ठुलो प्रतिबाद गर्ने छौ बैकल्पिक तथा कुनै प्रतिनिधिले नेपालमा भाग लिन नपाउने अबस्था हुदा हामीलाई पहिलो प्राथमिकता समेत दिने भनेर निर्णय नगर्नु झन् अर्को बदनियत देखियो यसर्थ सभा हलमा अन्तिम सम्म बस्नुको कुनै औचित्य देखिएन भन्नु भयो।
अब के गर्नु हुन्छ भन्ने प्रश्नमा केन्द्रिय निर्बाचन आयुक्तहरु संग र अन्य साथीहरुसंग सल्लाह गरेर गलत कार्यको बिरोध गर्ने गलत नै हो भन्ने र केन्द्रिय निर्देशन अनुसार अगाडी बढ्छौ भन्नु भयो।
बेलायतबाट छानिएका १४ जना महाधिवेशन प्रतिनिधिमा विश्वआदर्श पण्डित, कोपिला वनेम लिम्बु, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् । अर्जुन कटुवाल र गजेन कटुवाललाई निर्बाचन समितिका संयोजकले आबेदन दिन बाट रोकेको , १४ जना बाहेक अरुले आबेदन गर्न नमिल्ने बताएका थिए।
विदेशबाट कांग्रेस महाधिवेशनमा जाने प्रतिनिधि भारतबाहेक बेलायतको सबैभन्दा ठूलो संख्या हो तर नेपालमा पहिले नै उजुरी परको हुदा र शेरबहादुर पक्ष लाई मतदान गर्ने दुईजनामात्र प्रतिनिधि देखिएकोले नेपालमा धेरै साथीहरु मतदान प्रक्रियामा भाग लिनबाट बन्चित हुनेछन। पूर्ब कार्यसमितिका पधाधिकारिहरुको ठुलो समूह बिधि र विधानका लागि लडिरहनु भएको छ, निरन्तर केन्द्रमा आबाज उठाई रहनु भएकोछ।