लण्डन। द स्पटेड डग बार्किङ्गले यहि नोवेम्बेर २० शनिबारका दिन राजुलामा संगीत नाईट को आयोजना गरेको छ। नेपालको सिन्धुपाल्चोकमा जन्मिएका राजु लामा नेपालका प्रख्यात पप गायक, गीतकार तथा संगीतकार हुन्। सिका बेण्ड र डि जे हेम बिस्टको समेत प्रस्तुति हुने राजुलामा नाईटका लागि अग्रिम बुकिङ्ग £ २० रहेको छ भने डोर मूल्य £२५ राखिएको व्योहोरा आयोजकले जनाएकाछन्। अग्रिम टिकटका लागि एवेरेस्ट स्टोर , डाफे रेस्टुरेन्ट र मनकामना स्टोरमा सम्पर्क गरि बुकिङ्ग गर्ने ब्यबस्था गरिएकोछ।
मंगोलियन हार्ट संग आबद्ध लामा १४ बर्षको उमेर देखि नै गायेन क्षेत्रमा लागेर ख्याति कमाएकाछन। संगीत का साथै फोटो खिच्न, नयाँ साथीहरू बनाउन, यात्रा गर्न र भ्रमण गर्न मन पराउने लामाले अमेरिका, ब्रिटेन, अष्ट्रेलिया, जापान, कोरिया, हङकङ, दुबई जस्ता विश्वभरका विभिन्न देशहरूमा आफ्नो प्रदर्शनमार्फत श्रोताहरुलाई सुमधुर स्वोरले मनोरंजन दिईरहेकाछन्।
गाउले चुलोको प्रयोजनमा द स्पटेड डग बार्किङ्गले पहिलो पटक आफ्नो ग्राहकहरु लगाएत सबै नेपाली संगीत प्रेमीहरुलाई यो सुमधुर स्वोर सुन्ने मौका प्रदान गरेकोछ। समयमा नै टिकट लीएर कार्यक्रमको मनोरंजन लिनकालागि आयोजकले सबैलाई आग्रह गरेकाछन।