लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो तर आन्तरिक बिबाद र परराष्ट्रमा परेको उजुरीले गर्दा अनिश्चित भएकोछ ।

अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय भएको संघका प्रेस बिज्ञप्ति बाट स्पस्ट भएकोछ । ‘यो बाहेक ६५ प्रतिशत प्रतिनिधि छनोटबारे परराष्ट्रको परिपत्रलाई स्वीकार गरिएको देखिदैन । त्यसबारे कानुनविद तथा परराष्ट्रसँग थप परामर्श गर्ने निर्णय गरिएको छ ।

अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्न उल्लेख गरिएकोछ । कार्यसमितिको कार्यकाल थप गर्ने सहमति भएको भन्दै उनले भने, ‘६ महिना अवधि थप्नेबारे सहमति भएको छ। यो पनि आईसीसीको बैठकले नै निर्णय गर्नेछ। यी सबै विषयहरु आईसीसीमा एकैचोटी टेबुल हुन्छ।’

सन् २०१९- २०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ। त्यो अगावै आईसीसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु गर्ने तयारी संघले थालेको छ। ‘महाधिवेशन सर्ने भनेपछि कार्यकालपनि सर्ने नै भयो। यो बारे संघले कानुनविद्हरुसँग परामर्श गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पुन: पत्र लेखेपछि संघको विवाद झनै जटिल मोडमा पुगेको छ। परराष्ट्रले पत्रमा ६५% महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्ने भनी उल्लेख गरेको छ ।अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले पनि पूर्वअभ्यास अनुसार नै हुनुपर्ने माग राख्दै परराष्ट्रमा उजुरी दिएको थियो।

तर संघका अनुसार  ‘विधानको अनुसूची ६(क) मा  उल्लेख गरिएको छ । प्राथमिकताको सूचीमा रहेका व्यक्तिहरूले (अर्थात ६५% मा पर्ने योग्यता भएका व्यक्तिहरूले) ले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ,’  निर्वाचनभन्दा पहिले पुरानो कार्यसमिति नै अस्थित्वमा रहेको हुन्छ ।’

परराष्ट्रको पत्रपछि प्राविधिकरुपमा जुलाईमा निर्वाचन हुन नसकेका एनसीसीहरूलाई सदर गर्ने वा बदर गर्नेबारे पनि प्रश्न उठेको छ । एनसीसीको महाधिवेशन अनिवार्य रुपमा जुलाई १-३१ तारिखसम्म सम्पन्न हुनु पर्ने भन्दै परराष्ट्रले पत्रमा उल्लेख गरेपछि संघमा थप जटिलता देखिएको हो ।

‘यस मन्त्रालयबाट मिति २०७७/१२/ २४ मा प्रमाणित गैर आवासीय संघको विधान २००३ (२०२१) संशोधन सहितको दफा १३ (७) को ग अन्तर्गत चयन हुने ६५ प्रतिशत प्रतिनिधिको सम्बन्धमा स्पष्ट व्यवस्था नभएकाले विगतको प्रचलित व्यवस्था अनुसार प्रतिनिधि चयन गर्ने व्यवस्था गर्न,’ पत्रमा उल्लेख छ।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com