एनआरएनए युके निर्वाचनमा सक्षम र काम गर्ने व्यक्ति छान्नुहोस ः दीपक श्रेष्ठ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदका प्रत्यासीहरु मध्ये संस्थालाई सक्षम नेतृत्व दिन सक्ने व्यक्तिका रुपमा दीपक श्रेष्ठ देखिएका छन । इंग्ल्याण्ड राज्य समन्वय परिषद्को नेतृत्वमा रहदा कोरोना संक्रमित नेपालीलाई सहयोग जुटाउने र बेलायतको राष्ट्रिय जनगणनामा नेपालीलाई सहभागी गराउनेलगायतका उत्कृष्ट कामले उनले आफ्नो क्षमता प्रदर्शन गरिसकेका हुन् । साउथ इस्ट लण्डनमा बसोवास गर्ने श्रेष्ठ कोरोना महामारीबाट नेपाली समुदायलाई जोगाउन आफ्नो ज्यान जोखिममा राखेर घर घरमा खाद्य सामग्री, माक्स र स्यानिटाइजर लिएर पुगेको सबैलाई थाहै छ । उनी मतदाता बिच लोकप्रिय छन ।
पक्ष वा विपक्षमा बाडिएको बेलायतस्थित नेपाली समाजलाई एकताको सुत्रमा बाध्ने र समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने अध्यक्षका रुपमा श्रेष्ठले आफुलाई समाजमा उभ्याएको बताउँछन । ,मैले जहिले पनि समाज सेवा मार्फत सबैलाई सम्मान गरेको छु, अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले भने, ,कामको आधारमा भोली सोमबार बेलायतवासी आमावुवा तथा दिदीभाईहरुले मेरो समाज सेवा गर्ने चाहानालाई थप उचाई पुर्याउन भोट दिई मलाई निर्वाचित गराउने विश्वास लिएको छु ।, पक्ष वा विपक्षमा नलागेका बेलायतवासीको भोट दिपक श्रेष्ठ पाउने आंकलन गरिएको छ । जुन मत संख्या धेरै छ ।
विगतमा श्रेष्ठ गरेका उत्कृष्ट कामको एनआरएनए प्रमुख संरक्षक शेष घलेले समेत खुलेर प्रसंसा गरेका थिए । घलेले एनआरएनए युके र कोषाध्यक्षका श्रेष्ठको कार्यबाट विश्वभरका एनआरएनएले सिक्नु पर्ने भन्दै धन्यवाद दिएका थिए ।
त्यस्तै, एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमणबाट बेलायतवासी नेपालीलाई जोगाउनर राष्ट्रिय जनगणनामा नेपाली लेख्न इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष श्रेष्ठले गरेको कामले एनआरएनए युकेलाई थप उचाईमा पुर्याएको भन्दै प्रसंसा गरेका थिए । त्यस्तै पुर्व उपाध्यक्ष कुल आचार्यले पनि इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष श्रेष्ठ गरेका कामको खुलेर प्रसंसा गर्दै धन्यवाद दिएका थिए ।
अध्यक्ष पदमा आएका श्रेष्ठले एनआरएनए इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालेर आफ्नो क्षमता बेलायतवासी नेपाली माझ देखाइसकेका थिए। एनआरएनए अभियानमा सक्रिय श्रेष्ठ एनआरएनए यूकेमा तत्कालिन अध्यक्ष मुछेत्र गुरुङको कार्यसमिति कोषाध्यक्ष र सदस्य भएर काम गरिसकेको अनुभव छ ।एनआरएनए युके सदस्यबाट सुरु गरेको यात्रालाई श्रेष्ठले अध्यक्ष पदमा बिजयी भएपछि पहिलो बैठकबाटै संस्थालाई सबल बनाउने महत्वपुर्ण घोषणा गर्ने बताए । नेतृत्वदायी भूमिकामा पुग्ने बित्तिकै बिभाजित नेपाली समाजलाई एकताको सुत्रमा बाध्ने योजना घोषणा गर्ने उनको योजना छ ।
बुद्ध फाउण्डेसन यूकेका संस्थापक अध्यक्षको जिम्मेवारी लिएर श्रेष्ठले सामाजिक क्षेत्रमा आफूलाई स्थापित गरिसकेका छन । मतदान गर्न र सक्षम नेतृत्व छान्न आजको दिन मात्र वाँकी भएकाले एनआएनए युकेको नेतृत्व समक्ष उम्मदेवारका रुपमा भोट पाउने विश्वास उनको छ । इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष रहँदा कोरोना संक्रमणमा परेका नेपाली समुदायलाई गरेका मानवीय कार्यहरुमध्ये कोभिड राहत कोषको जिम्मा लिएर एनआरएनए युकेमार्फत नेपाली समुदायलाई ठूलो सहयोग गर्ने मानवीय कार्यको नेतृत्व गरेको सबैलाई थाहा भएको उनको भनाई छ ।
बेलायत कोरोना महामारीका कारण लकडाउनमा परेका विश्वविद्यालयमा विद्यार्थीहरुलाई आर्थिक सहयोगसहित बासको व्यवस्था गर्ने कार्यमा अहोरात्र खटिएका थिए । श्रेष्ठले कोरोनाको संक्रमणका बेलामा पनि नेपाली समुदाय भनेपछि सहयोगका लागि सधै अग्रपंक्तिमा रही आर्थिक सहयोग गरे । २१ मार्चको जनगणनामा नेपालीको पहिचान स्थापित गराउन एनआरएनए युकेले उनलाई नै विशेष अभियानको जिम्मेवारी दियो । आफ्नो जिम्मेवारीलाई ठोस रुपमा कार्यान्वयन गर्न उनले बेलायतभरका नेपाली समुदायलाई एकीकृत गरी जनगणनामा सामेल गराए । युवा पुस्तालाई नेपालीको पहिचान स्थापित गर्ने सवालमा परिचालन गर्दै समुदायले देख्ने गरी काम गरेर आफूलाई स्थापित गरेको उनको बुझाइ छ ।
बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष श्रेष्ठले लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने परम्परा शुरु गरे । भारतले बुद्ध आफ्नो देशमा जन्मिएको भ्रमलाई अन्तर्राष्ट्रिय स्तरमा निराकरण गर्न सो अभियान शुरु गरेको उनको भनाइ छ । जसमा बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेको आयोजना तथा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड बेलायतलगायतका सहयोग रहँदै आएको छ ।
त्यसबाहेक बुद्ध फाउण्डेसन यूकेले कपिलवस्तुमा वुद्ध वृद्धाश्रम पनि निर्माण गरिरहेको छ ।
श्रेष्ठले च्यारिटी साइकल यात्रा, बालगृहलाई आर्थिक सहयोग, बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमलाई सहयोगमा उनी अग्रपंक्तिमा रहेका थिए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com