लण्डन । गैर आबासिय नेपालि संघ बेलायतको आगामी ३१ जुलाईमा हुने अधिबेशनका लागि पंजीकृत सदस्यहरु प्रमाणित हुन बाकि बाहेकका एन आर एन युके सदस्यहरु ६९५४ पुगेका छन्। सबै प्रमाणित भएमा करिब करिब ८००० माथि सदस्य कायम हुनेछन।
सो अधिवेसनमा मतदान गर्न र उम्मेदवार बन्नको लागि १० जुन भित्र अनिवार्य सदस्यता दिनु पर्ने एनआरएनए यूकेले जनाएको थियो । सदस्यता बन्ने समय अबधि समाप्त भएकोछ। यस बीच सदस्यता बन्न केहि प्राबिधिक कठिनाई रहेको , पेपाल एकाउन्ट बाट सदस्यता शुल्क लिएर पनि कन्फर्म गर्ने र सबमिट गर्न नमिलेर बसेका फर्महरू र प्रमाणित हुन बाकि रहेकालाई कुनै सम्पर्क नगरिएको गुनासो सुनिएको छ। निर्बाचन समिति पूर्ण नभएको , गुनासो कसैले नसुनेको , जस्ता समस्याहरु रहेको पाइएकोछ।
संघको नयाँ नेतृत्वको लागि उपाध्यक्षद्धय प्रेम गाहामगर, रोजिना प्रधान राई, र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष दिपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।