ग्रीनविच गोर्खा एक्स सर्भिसमेन एसोसिएसन (जीगेसा)का अध्यक्ष र महासचिव द्वारा खण्डन सहित एन आर एन युकेको सदस्यता बन्न सबैलाई अनुरोध

लण्डन । ग्रीनविच गोर्खा एक्स सर्भिसमेन एसोसिएसन (जीगेसा)का अध्यक्ष ओमप्रसाद गुरुङ र महासचिव हरिकुमार मल्लले जीगेसा संस्थाका सबै सदस्यहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एन आर एन ए एनसीसी यूके) युकेको सदस्य बन्न सबैलाई अनुरोध  गर्नुभएको छ। एनआरएनए युके सबैको साझा संगठन भएको र नेपाल सरकार द्वारा मान्यता प्राप्त संस्था भएकोले गोर्खा आन्दोलन लगाएत गोर्खाहरुको समस्यामा सदैब साथ दिने संस्थाको सदस्य बन्नका लागि आफ्ना सदस्यहरु सबैलाई अनुरोध गरेको छ। एनआरएन कै पदाधिकारीहरुले समेत सदस्यता बन्न अनुरोध गरेको र यसपालिको एन आर एन सदस्यतालिनका लागि टेक्निकल सहयोग आबस्यक भएको , कम्प्युटर वा ल्यापटप समेत आबस्यक पर्ने भएकोले हाम्रा सदस्यहरुलाई स्वयम् सेवक मार्फत फारम भर्न सहयोग गरिएको हो ।

केहि अन्लाईन पत्रिकामा भर्खरै प्रकाशित झुठा समाचार प्रति हाम्रो खेद छ। तेस्ता झुठा आरोपहरुको समाचार बनाएर ग्रीनविच गोर्खा एक्स सर्भिसमेन एसोसिएसन (जीगेसा)का अध्यक्ष ओमप्रसाद गुरुङ र महासचिव हरिकुमार मल्ल समेतलाई गोर्खा र तिनका परिवारका सदस्यहरुको कागजात लगेको आरोप लगाएका छन् जुन सरासर गलत हो । हिमालय मेलका सम्बाददाता संग कुराकानीमा उक्त आरोपको खण्डन गर्दै जीगेसा का अध्यक्ष र महासचिव ले सदस्यता बन्नका लागि सहयोग गरेको हो। एन आर एन युकेले मागेको कागजातहरु सदस्य बन्नेले स्वयम् आफ्नो मंजुरिले अन्लाइन अपलोड गरि फिर्ता लागेकाछन हामीले तेस्तो कुनै अनधिकृत रुपमा कागजात संकलन गरेको छैन र राखेका पनि छैनौ । हामीले कुनै पनि उम्मेदबार अध्यक्षका प्रत्यासी लगाएत कसैलाई पनि मत दिन भनेका छैनौ र हाल कोहि पनि उम्मेदबार बनेका छैनन्। यो केवल हाम्रो बदनाम गर्ने नियत हो। जीगेसाका सदस्यहरुको आफ्नो कागजातहरुले एमआइएस प्रणालीबाट सदस्यता आवेदन दिँदा सम्बन्धित व्यक्तिको परिचयपत्र अनिवार्य पर्छ भन्ने उसकै व्यक्तिगत इमेल अकाउण्ट पनि चाहिन्छ । यसर्थ यो सबै कुराका लागि जस जसले टेक्निकल सहयोग आबस्यक देख्नु भयो तेस्ता ब्याक्ति हरुलाई सहयोग गरि झन् एन आर एन युके लाई सहयोग गरेका छौ भन्नु भयो। यस्तो जटिल प्रविधिमा आफ्ना सदस्यहरुलाई सहयोग गर्ने दायित्वो एन आर एन युकेको हो तर एन आर एन युकेले तेस्तो कुनै सुबिधा नदिएको बताए।

महासचिव हरिकुमार मल्लका अनुसार जीगेसा आफ्नो उदेस्यमा दृढ छ र संस्थाको गरिमालाई आच आउने काम गर्ने छैन भन्दै पुन: फेरी सबैलाई एन आर एन युकेको सदस्य बन्न समेत ग्रीनविच गोर्खा एक्स सर्भिसमेन एसोसिएसन (जीगेसा) हार्दिक अनुरोध गर्दछ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com