लण्डन। नेपालमा तीव्र रुपमा बढ्दै गएको कोभिड-१९ को संकट समाधानको लागि आपतकालीन सहयोग स्वरूप लन्डनस्थित नेपाली दूतावास र एनआरएनए यूकेको संयुक्त पहलमा अगाडि बढेको “अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियानमा बुद्ध फाउन्डेसन युकेले ७ सय पाउण्ड (एउटा कन्सन्ट्रेटर खरिद गर्न )को चेक संस्थाका अध्यक्ष दिपक श्रेष्ठले एन आर एन युकेका अध्यक्ष सहित अन्य पदाधिकारीहरुको रोहबरमा हस्तान्तरण गरिएको थियो।
यस्तै प्रकारले बेलायतस्थित नेपाली संघसंस्थाहरु तथा व्यक्तिगत पहलमा १५० थान अक्सिजन कन्सन्ट्रेटर आज नेपाल आउँदैछ । अक्सिजन कन्सन्ट्रेटर चीनको पोर्टमा कस्टम क्लियर भएर आज शनिबार चीनको गोन्जाउबाट नेपाल उडेको र समयमा नै सबै जिल्लाहरुमा समानुपातिक रुपले वितरण हुने बिस्वास गरिएकोछ ।
उक्त अभियानमा आर्थिक सहयोग गर्ने संस्थाका सल्लाहकारज्युहरु,पदाधिकारीहरु र सदस्यहरु लगाएत सम्पूर्ण सामाजिक अभियन्ता ज्युहरु प्रति हार्दिक आभार प्रकट गर्दै बुद्ध फाउन्डेसन युकेले हार्दिक धन्यवाद ब्यक्त गरिएकोछ।