बुद्ध फाउन्डेसन युकेले भर्चुअल माध्यामबाट २५६५औ बुद्ध जयन्ती २०२१ कार्यक्रमगरि परम्परा कायम राख्दै

लण्डन । बुद्ध फाउन्डेसन युकेले भर्चुअल माध्यामबाट बुद्ध जयन्ती २०२१ कार्यक्रम मनाएको छ। ३० मे २०२१ का दिन बुद्ध जयन्ती २०२१ कार्यक्रम बेलायतका लागि नेपाली राजदुत माहामहिम लोकदर्शन रेग्मीले प्रमुख अतिथी भई सहभागिता भएर २५६५औ बुद्ध जयन्तीको अबसरमा शुभकामना संदेश दिदै राजदुतको भूमिकाबाट नेपाली दुताबासले र नेपाल सरकारले गर्ने सहयोग गर्न सदैब तयार रहेको बताउनु भएको छ। कोरोनाको महामारीले प्रत्यक्ष भेटघाट हुन नसकेको हुदा आगामी दिनमा सबै संघसंस्थाहरुसंको छलफल बाट एक कार्ययोजना बनाउने र सो योजना पुरा गर्न कुनै कसुर नराख्ने बताउनु भएको छ। ट्राफलगर स्क़्वार लण्डनमा पूर्णरुपले कार्यक्रम गर्नकालागि बेलायेत सरकार र लण्डनको मेयर संग हाम्रा समस्याहरु राख्ने बताउनु भएको छ। तेस्तै पर्यटन प्रबर्धन र नेपाली कला संस्कृतिको जगेर्ना का लागि मद्दत हुने र नेपालको प्रबर्धन गर्ने कार्यमा कुनै कसुर नराख्ने बताउनु भएको छ।


कार्यक्रमको अध्यक्षता बुद्ध फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले गर्नु भएको थियो। श्रेष्ठ गैर आबासिय नेपाली संघ बेलायत इंगलैंड राज्य परिषद्का बर्तमान अध्यक्ष हुन्। श्रेष्ठले बुद्ध फाउन्डेसन युके को बृधाश्रम , एन आर एन युकेको च्यारिटी र बेलायेत्को जनगणनामा उल्लेखनीय योगदान दिएकाछन।
बि सी सी युकेका बुद्ध धर्मगुरु लामा खेन्पो खुन ख्याप ले मन्त्र उच्चारण गरि बुद्ध सम्बन्धि उपदेस दिदै बुद्धको छोटो पर्चाया प्रस्तुत गर्नुभएको थियो।
बुद्ध फाउन्डेसन युकेको परिचय र छोटो प्रस्तुति उपाध्यक्ष सचिन श्रेष्ठले दिदै कार्यक्रममा स्वागत गरेका थिए।
एन अर एन युकेका अध्यक्ष पुनम गुरुङ्ग ले सबै संघसंस्थाहरुको प्रतिनिधित्य्वो गर्दै शुभकामना सन्देस दिनुभयो। लन्डन बोरो भित्रका काउन्सिल्हरु मध्ये प्रथम नेपालीमुलका मेयर बिष्णु बाहादुर गुरुङ्ग लन्डन बोरो अफ हौन्स्लोवका वोर्शिपफ़ुल मेयर ले धेरै सुझाबहरु सहित बुद्ध जयन्तिको शुभकामना सन्देस दिनु भयो। बार्नेट लन्डन बोरोका डेपुटी मेयर लक्ष्य बहादुर गुरुङ्ग र रशमुर बोरो काउन्सिलका काउन्सिलर जीव बेलबासे ज्युले समेत शुभकामना सन्देस दिनुभएको थियो। स्थानीय काउन्सिल्हरुले गर्ने सबै सहयोग गर्न कुनै कसुर नराख्ने समेत बताउनु भयो।


तेस्तै कार्यक्रमका बिसेस अतिथि नेपालबाट लुम्बिनी विकास कोषका सद्भाब दुत धिरज राइ र कोषका कार्यकारी सदस्य राजेश ज्ञवाली ज्युले समेत सम्बोधन गर्नु भयो।
कार्यक्रमका नया आकर्षक १० बर्षका बालक अगत खरेलले जानेको बुद्ध बारे प्रस्तुति दिए।
बेला बेला गाएक दिपक थापाले सुमधुर स्वोरद्वारा जहाछान बुद्धका आखा भन्ने लगाएत गित गाएर कार्यक्रमलाई मनोरन्जनात्मक बनेका थिए।
महासचिब अर्जुन कटुवालले संचालन गेरको कार्यक्रममा एवेरेस्ट गौतमले कार्यसमिति र संस्थाको बारे बताएका थिए।
कार्यक्रममा गैर आबासिय नेपाली संघका सल्लाहाकार कुल आचार्य , सोम सापकोटा , आइसीसी सदस्यहरु राम शरण सिम्खडा , ललित न्यौपाने , शुसिला राई र एन आर एन युकेका उपाध्यक्ष रामचन्द्र पोख्रेल, महा सचिब फडिन्द्र भट्टराई ,सचिब जित रानाभाट,  महिला संयोजक प्रसुन्ना कंडेल  लगाएतका पधाधिकारिहरुको सहभागिता थियो। कार्यक्रममा डा कपिल रिजाल ज्ञाम गुरुङ्ग , बाचस्पति रेग्मी, किशोर राना , जोनी पाहारी, रेशम बस्याल , लक्ष्मी शाक्य , लक्ष्मन श्रेष्ठ , सुरेश जुङ्ग शाह , राजु न्यौपाने , हेम लिम्बु , बिनोद ज्ञवाली , मंजु भण्डारी मन्दिप केसी , मोहन ओली , उर्मिला श्रेष्ठ , जिबन सेन , ह्यारी गुरुङ , राजन खकुरेल, रोजन श्रेष्ठ लगाएत विविन्न ब्याक्तिहरुले जुम मार्फत सहभागिता जनाएको थिए।


अन्तमा कार्यक्रमका अध्यक्ष र बुद्ध फाउन्डेसन युकेका अध्यक्ष दीपक श्रेष्ठले संस्थाको भाबी कार्य योजना बताउदै आगामी दिनमा पुन त्रफल्गर स्क्वार मा बुद्ध जयन्ति मनाउने बाचा सहित आमन्त्रित र कार्यक्रममा जोडिनु भएको सबै महानुभाब हरुलाई धन्यबाद दिनु भयो। प्रमुख अतिथि महामहिम राजदुत लोकदर्शन रेग्मी, डेपुट चिफ अफ मिसन रोशन खनाल , बिशेस अतिथि ज्युहरु र कार्यक्रममा जोडिनु भएका सबैलाई धन्यबाद बयक्त गर्नु भयो।
बुद्ध जयन्ती २०२१ कार्यक्रमलाई प्रत्येक्ष प्रसारण गर्न लन्डन नेपाल न्युज र पत्रकार माहासंघ बेलयतका सचिब शिब भण्डारी , नेपाल संसार र हिमालय मेल लगाएत सबै पत्रकार महोदयहरुमा बिशेस धन्यबाद दिएकाछन। जुम मिटिङ्ग टेक्निकल सहयोगी सबै र कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा हार्दिक धन्यबाद दिएका छन् ।

Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.

YouTube privacy policy

If you accept this notice, your choice will be saved and the page will refresh.

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com