बेलायतबासी गैरआवासीय नेपालीहरुले सवा करोडको अक्सिजन कन्सन्ट्रेटर मेशिन नेपाल पठाउने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन्। नेपाली दूतावास लण्डनको संयोजनमा शनिबार साँझ (भर्चुअल) माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो। विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्।

करिब १ सय भन्दा बढी प्रतिनिधीहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए । उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्तकाल आवश्यक रहेको जानकारी दिए । उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए । उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे । रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाई चार्टड समेत गर्न सकिने जानकारी दिए ।

गैरआवासीय नेपाली संघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले यो महामारीमा देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालहरुमा अक्सिजनको अभाव हुंदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । उनले नेपालमा खोप लैजान सबै पक्षलाइ आआफ्नो स्थानबाट पहल गर्न आग्रह पनि गरे । आचार्यले नेपालबारे बेलायतको सर्वदलीय संसदीय समिति (एपीपीजी अन नेपाल) का अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई एक ज्ञापनपत्र बुझाउंदै ब्रिटिश सरकारको सहयोगका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

संघका महासचिव डा.हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे । शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपाल सम्म पुराउनको लागी संघले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, पत्रकार, लेखक, बुद्धिजीवीहरुको उपस्थिति थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com