बेडको अभाबमा अस्पतालको आँगनमा पालो कुर्दै !

काठमाडौं । काठमाण्डौ उपत्यका लगाएत देशभरी लकडाउन गरिएको छ । तर यहीबेला देशको अस्पताल हरुको हालत खराब छ , तेस्तै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल परिसर भने निकै अशान्त छ, व्यग्र छ ।

बढ्दो कोरोना संक्रमणका कारण यहाँको कोरोना वार्ड र आईसीयू भरिएको छ । यो अवस्था भएको साता दिन भइसक्यो । तैपनि देशैभरिबाट आएका बिरामी उपचार पाउने आशले अस्पतालको आँगनमा कुरिबसेका छन् । नयाँ बिरामी भर्ना लिन असहज भएपछि बिरामीलाई आँगनमै राखेर उपचार थालिएको छ ।

आइतबार दिउँसो डेढ दर्जन संक्रमित कोरोना वार्डको आँगनमा अक्सिजन मास्क लगाएर सुतिरहेका थिए । उनीहरूमध्ये केहीलाई सिलिण्डरबाट त केहीलाई अस्पतालमै फिट गरिएको पाइप–लाइनबाट अक्सिजन दिइएको छ ।

सबैतिरबाट बेड छैन भन्ने जवाफ आउने थाहा पाएकाले बिरामीका आफन्त हरुले कसैलाई फोन नगरेको बताउँछन् । ‘यहाँ ल्यायो भने अक्सिजन त पाइन्छ भनेर आएको । अब भोलिदेखि त यही पनि नपाइएला जस्तो छ ।’

आँगनमा राखिएका अधिकांश कोरोना संक्रमित युवा उमेरका छन् । मुखमा अक्सिजन मास्क लगाएका उनीहरू पनि केही नबोली वार्डमा आफ्नो पालो आउने प्रतीक्षामा मौन छन् ।

सुत्ने ठाउँको अभाव भएकाले उनीहरू कार्टुन बाक्सा ओछ्याएर त्यहीमाथि बसेर अक्सिजन लिइरहेका छन् ।

प्रहरीले निषेधाज्ञाको बेला ट्याक्सी सञ्चालनमा रोक लगाएपनि बिरामी बोकेको परिचयपत्र तथा सरसामान देखेपछि छाड्ने गरेको छ ।
यस्तो हालत काठमान्डौमा मात्र होइन समस्त देश भरि नै छ। पहिलो लहरले खासै असर नपारेको तर प्रसस्त समय हुदा पनि सरकार कुर्सि बचाउन बेस्त भएको कारण अझ झन् भयाबह स्थितिको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिन्न। एस्तो हालत हुदा पनि सरकार चाहि स्थिति कन्ट्रोलमा रहेको बताउदै छ।

 

(तस्वीरहरू : शंकर गिरी/साभार अनलाइनखबर)

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com