सादिक खान पुन: दोस्रो पटक लण्डनको मेयरमा निर्वाचित

लन्डन । लन्डनका मेयर सादिक खान पुन: दोस्रो पटक निर्वाचित भएका छन् ।

मे ६ मा भएको निर्वाचनमा खानले दोस्रो राउण्डको मत गणनामा जम्मा १२ लाख ६ हजार ३४ मत अर्थात ५५ दशमलव २ प्रतिशत मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका उम्मेदबार साउन बेलीले ९ लाख ७७ हजार ६ सय १ मत प्राप्त गरे ।

लन्डनमा कन्जेसन चार्ज बढाउने, युलेज चार्ज शुरु गर्ने, साइकल लेन बिस्तार गर्ने जस्ता कार्य उनले गरेका थिए । समग्रमा लन्डनको यातायात र ट्राफिक व्यवस्थापनमा केही सुधार ल्याएपनि अपराध नियन्त्रणमा भने उनी असफल रहेको भन्दै आलोचना भएपनि बिजय हुन सफल भएका छन् ।

यसअघि सन् २०१६ मा पहिलोपटक लन्डन मेयरमा निर्वाचित हुँदा खानले ५७ प्रतिशत मत पाएका थिए ।

पाकिस्तानबाट आएको आप्रवासी परिवारमा जन्मिएका खान मुस्लिम समुदायबाट लन्डनको मेयर निर्वाचित हुने पहिलो हुन् ।

पेशाले सोलिसिटर खान लेबर पार्टीको राजनीतिमा लागेपछि सन् १९९४ मा काउन्सिलर निर्वाचित भएका थिए । त्यसयता सन् २००६ सम्म उनी लन्डन वान्ड्सवर्थमा काउन्सिलर थिए । सन् २००५ मा टुटिङ क्षेत्रबाट पहिलोपटक सांसद निर्वाचित उनी २०१६ मा पहिलो कार्यकाल मेयर निर्वाचित भएका हुन् ।

 

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com