एनआरएनए युकेका भाबी अध्यक्ष पदका उम्मेदबार दीपक श्रेष्ठले सदस्यता तथा चुनाबी सचिबालय संचालन गर्ने

लन्डन । एनआरएनए युके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठले साउथ इस्ट लन्डनको प्लमस्टिडमा अनलाइन सदस्यता फारम भर्न इच्छुक सबैलाई सहयोग गर्ने भएका छन ।

प्लमस्टिड हाइ स्ट्रिटस्थित एक अस्थायी कार्यालय स्थापना गरि हिजो मंगलबारदेखि श्रेष्ठले अनलाइनबाट सदस्यता फारम भर्न सबैलाई सहयोग गर्न लागेका छन् ।

 

एनआरएनए युकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यका लागि उक्त कार्य गरिएको इंग्ल्याण्ड परिषद अध्यक्ष समेत रहेका एनआरएनए युके अध्यक्ष उम्मेदवार श्रेष्ठले बताए ।

उनका अनुसार कार्यालय हरेक दिन खुला रहनेछ । कार्यालयबाट एनआरएनए युकेको सदस्यता फारम भर्ने कार्यमा सहयोग गर्नका साथै संस्थासँग सम्बन्धित सबै जानकारी र सूचनाहरु वितरण गरिनेछ ।

एनआरएनए युकेले अहिले पहिलोपटक एमआइएस प्रविधिबाट सदस्यता वितरण गर्दैछ । ‘अनलाइनबाट सदस्यता लिने प्रक्रिया सहज रहेपनि विशेषगरी कयौं बुवाआमाहरुलाई अनलाइन फारम भर्न असहज बनेको महशुस भएको छ ’, अध्यक्षका उम्मेदवार श्रेष्ठले भने । उनकाअनुसार सदस्यता लिंदा कुनै समस्या परेमा वा अन्य कुनै जानकारी, परामर्श आवश्यक छ भने जो कसैले हाम्रो कार्यालयमा सम्पर्क राख्न सक्नु हुनेछ ।

सदस्यता फारम भर्न सम्पर्क कार्यालयमा आउंदा बैंक कार्ड आफ्नो परिचय खुल्ने फोटो आइडी, एड्रेस प्रुफ ( ड्राइभिङ लाइसेन्सले दुवै काम गर्ने ) समेत लिएर आउने र  आफैले फारम भर्ने भएको हुदा हामीले कुनैपनि बयक्तिगत डाटा नराखिने व्योहोरा सबैलाई जानकारी गराएर एन आर एनको पोर्टलमा सम्बन्धित ब्याक्तिले सबै डाटा भर्ने र हामीले टेक्निकल सहयोग मात्र गर्ने हुदा डाटा प्रोटेक्सनलाई समेत ख्याल गरिने कुरा श्रेष्ठले बताए ।

उक्त कार्यालयबाट सदस्यता आबेदन गर्ने अन्तिम मिति १० जुन २०२१ सम्म सदस्यता बनाउन सबैलाई मद्दत गर्ने र तेस्पछि भने  चुनाबको प्रचार प्रसार गर्ने योजना रहेको बताए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com