एन आर एन यूकेको सदस्यता र प्रबिधि माथिको बिस्वासनियता: प्रश्नै प्रश्न

लण्डन। संसारकै सबैभन्दा बढि सदस्यता भएको गैर आबासिय नेपालि संघ बेलायतमा हरेक पटक जब निर्बाचनको समय हुन्छ तब तब सदस्यता बिबादमा आउदैगरेको हुन्छ। सन् २०१३-१५ को निर्बाचन देखिको सदस्यता र निर्बाचन प्रणालीको बिबाद तेसपछिका प्रत्यक निर्बाचनमा भैरहेकोछ। बोरा का बोरा सदस्यता फारम बोक्ने, अरुको शुल्क उम्मेदबार आफैले बुझाउने अनि सदस्यता बिबाद उत्कर्षमा पुर्याउने खेल एन आर एन युकेको प्रतेयक २ बर्षमा भैरहेको छ। यस समस्याको सामाधान भनेको अन्लाइन सदस्यता प्रणाली नै हो तर एन आर एन अग्रजहरु नै यो हुन दिदैनन। सन् २०१३-१५ मा चरम बिबाद भएर एकै कार्यकालमा २ जना अध्यक्ष बन्नु भयो। तेस्पछि सन् २०१५ -१७मा प्रविधिमा आधारित अन्लाइन सिस्टम लागु गरियो तोकिएको समयमा जम्मा ९०० को हाराहारीमा मात्र आफै स्वोफुर्त सदस्यता बनेका थिए तर अध्यक्षका उम्मेदबार बन्नेहरुले घर घरमा गएर संकलन गरेको कागजी फारम नबुझाएर बखेडा गरिएको थियो। सदस्यता फि पनि आफैले बुझाउने भएको ले कन्ट्रोल गर्न नगद नबुझी बैंक खातामा दाखिला गरिएको , एकमुस्ट नगद दाखिला गर्न नपाउने नियम बनाएको तर पछि बिबाद गरेर १०० पाउण्ड सम्म दाखिला गर्न दिएको थियो। उक्त बैंक दाखिला गर्ने सिस्टमले कमसे कम नगद मै कारोबार गर्ने र सबै संकलित रकम खर्च गर्न कठिन भएको थियो जसको फलस्वोरूप सामाजिक कार्य गर्न सकिएको थियो। त्यो बेला निर्बाचन गर्न कठिन भएर भएजति सबै उम्मेदबारहरुले सहमतिमा पद बाडफाड गरि निर्बिरोध जम्बो समिति बनाएर सबै एकजुट भएर काम गर्ने बाताबरण बनेको थियो।

सन् २०१७ -१९ मा पनि प्रविधिमा आधारित अन्लाइन सिस्टम लागु गरियो तर त्यो बेला पनि १२०० भन्दा बढी स्वोफुर्त आफै सदस्यता बनेका थिएनन् पछि फेरी समाज कै अग्रजहरुले सर्बपक्षीय बैठक राखेर फारम बुझेर थाक का थाक सदस्यता बनाउदै पैसा खर्च गर्नेहरुको मात्र एन आर एन भन्ने बनाईयो। तेस्पछि झन् सदस्यहरुमा निरासा छाएको देखिन्छ। £२५ सदस्यता शुल्क हुदा पनि धेरै सदस्य बनेका थिए तर निर्बाचन प्रथम पटक भएको , टिम बनेर चुनाब लडेको , राजनीतक हस्तक्षेप पैसाको चलखेल भएको बिकृतिहरु देखा पर्यो।

सन् २०१९ -२१ मा भएको निर्बाचन र सदस्यताका बारेमा त अब के भनि राखम सबै छर्लंगै छ। एन आर एन युके आज नाङ्गै छ , चुनाब र आर्थिक घोटालाको चपेटाले एन आर एन हु भन्न पनि समाजमा लाज मर्दो भएको छ तेस्माथी यो अदालती प्रक्रियाले झन् के बनाउने हो हेर्न बाकि छ।

हिजो आज सन् २०२१ -२३ का लागी सदस्य बनौ भन्दै फेसबुके आब्हान भै रहेको छ तेस्मा पनि एक पक्ष यो प्रविधिमा आधारित अन्लाइन सिस्टम कसरि भर/बिश्वास गर्ने भन्दै छ। यो पटक पनि प्रविधिमा आधारित अन्लाइन सिस्टम लागु नगर्ने हो भने कहिले गर्ने ? कम से कम नगद संकलन र खर्च गर्ने पद्ती त सुध्रिन्छ। तेसैले यो पटक सबै अग्रजहरुले एक ढिक्का भएर यो सदस्यता बनाउने र निर्बाचन प्रणालीमा परिबर्तन ल्याउनु जरुरि छ। यो पटक फारम, बोरा, नगद आदि जे जे भए पनि प्रविधिमा आधारित अन्लाइन सिस्टम मार्फत नै सदस्यता बनौ अनि आफ्नो निर्णयमा अडिग रहनु नै एन आर एन युकेका लागि बिस्वासको आधार हुनेछ। उग्र रुपले समाजमा आएको बिभाजन, आर्थिक अपारदर्शिता र हिनामिना जस्ता बिबादित बिषयहरुलाई सबै पक्षको छलफल र सुझाब अनुससार सबैले आ-आफ्नो इगो छोडेर समग्र एन आर एनको शाख वृद्धि गर्ने तर्फ सबैले मिलेर काम गर्नु नै आजको आबस्यक्ता हो। सल्लाहाकार , अग्रजहरु र संरक्षकहरुले बेलैमा सुझबुझका साथ् दिशानिर्देश गर्नु पर्ने आबस्यक छ।
सबैले बेलैमा सदस्यता फारम भरौ र सदस्य बनौ। जय एन आर एन।

https://members.nrna.org/login

https://members.nrna.org

 

 

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com