गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको भावि अध्यक्ष पदका प्रत्याासीहरु

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हाल सम्म ३ जनाले उम्मेदवारी दिने बताएका छन। अझै थप दिपक श्रेष्ठ र शेर सुनारको नाम समेत चर्चामा आएको छ। अध्यक्षमा उम्मेदवारी दिने होड भएपनि सदस्यतामा भने निरासा छाएकोछ। स्वोफूर्त सदस्यता बन्ने खासै देखिएको छैन, अघिल्लो पटक नगद शुल्क उठाएर नगद मै खर्च गरेर संस्थालाई घाटामा पुर्याएको, बर्तमान कार्य समितिले सदस्यता शूल्क निशुल्क गर्ने भनि चुनाब जितेको तर बचन पुरा नगरेको हुदा सदस्यता बन्न धेरैको चासो नरहेको देखिन्छ। फेरी पनि अन्तिममा सदस्यता बोरामा बोकी नगद बोक्दै आउने हुन् वा उम्मेदबारहरुले एकै ठाउबाट आफैले पैसा हाली धेरै सदस्यता बनाउने हुन् त्यो चै शंका छ भनि नाम बताउन नचाहने एक सदस्यले बताए।

अब अध्यक्षमा क कसको चर्चा छ हेरौ संक्षिप्तमा तल :

वर्तमान उपाध्यक्ष प्रेम गाहामगर

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको वर्तमान उपाध्यक्ष प्रेम गाहामगरले अध्यक्षमा उम्मेदबारी दिने बताएकाछन् ।

एनआरएनए युके गोर्खा विभागद्वारा गत २७ मार्चमा भर्चुअल रुपमा आयोजित कार्यक्रममा प्रमुख भूतपूर्व गोर्खा संगठनका नेताहरुलाई जमघट गराउंदै उनीहरुको हस्ताक्षर सहितको पत्र ब्रिटिश प्रधानमंत्री तथा नेपाल सरकारलाई पठाए पछि उनलाई एनआरएन युकेको बलियो अध्यक्षको प्रत्यासीको रुपमा रुपमा हेर्न लागिएको हो ।उपाध्यक्ष गाहामगरले छिट्टै पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा एनआरएनए युकेको भावि अध्यक्ष पदका प्रत्याासीको रुपमा उभिने बताए ।

एनआरएनए युके गोर्खा बिभागले नेपाल सरकार र बेलायत सरकारसँग समन्वय गरी भूतपूर्ब गोर्खाको समस्या समाधान गर्न ठोस पहल गर्ने निष्कर्ष निकालेको छ ।

दुइ कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका गाहा मगर आफुले बोलेको कुरा पुरा गरि छाड्ने बताए । उनले अझै औचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन्, तर टिम बनाउन गृहकार्य गरिरहेको बताए ।

वर्तमान उपाध्यक्ष रोजिना प्रधान राई

गैरआवसीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक तथा च्यारिटी क्रियाकलापमा क्रियाशील राखेकीछिन् ।

‘संघमा जिम्मेवारी लिएसंगै मैले केन्द्रदेखि राष्ट्रिय समन्वय समितिमा रहेर संस्थागत कार्यप्रणाली जान्ने बुझ्ने र सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन सफल भएं । अग्रजहरुको सुझाव सल्लाह र साथले पनि अध्यक्षको नेतृत्व सम्हाल्न मलाई पूर्ण आत्मविश्वास बढेको छ’, उनले भनिन् ।

कोभिड लगायत अन्य विभिन्न समस्याहरुका बाबजुद पनि राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा लिइन् । चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरुको समानताको लडाईं । गैर आवासीय नेपालीको सम्पत्तिको सुरक्षा देखि भारतीय सिमा अतिक्रमण विरुद्ध प्रदर्शन र ज्ञापनपत्र बुझाउने क्रममा पनि रोजिनाले आफूलाई दरिलो उपस्थिति र ऐक्यवद्धता जनाइन् ।
महिला सशक्तिकरण र कोभिडले महिलामा पारेको असर न्यूनीकरणका लागि उनले नजिकबाट काम गरिन् । महिलाहरुले अवसर र अधिकार पाए नीति निर्माण तहमा पुगेर समाज परिवर्तन गर्न सक्छन् भन्ने उनको विश्वास छ ।

उनकै संयोजनमा एनआरएनए यूके र नेपाली समुदायबीच अन्तरसंवाद कार्यक्रम भयो । एनआरएनए यूकेले ‘कोभिड १९’ ले महिलामा पारेको प्रभावबारे एक परिणाममुखी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

यस अलवा संघले गरेको ‘सम्पत्तिको सुरक्षा-नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खा आन्दोलन’ विषयक कार्यक्रममा पनि रोजिनाले आफ्नो भूमिका महत्वका साथ निभाइन् ।

बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके छैटौं काउन्सिल बैठकको संयोजक थिइन् रोजिना । उक्त कार्यक्रम सफल भएपछि त्यसको क्रेडिट रोजिनालाई समेत गएको छ । बेलायतसहित ५ वटा एनसीसी मिलेर गरिएको युवा परिचालनसम्बन्धि कार्यक्रममा पनि उनको विशेष भूमिका थियो ।

एनआरएनका राष्ट्रिय-अन्तरराष्ट्रिय हरेक सभा सम्मेलन, विशेस गरि यूरोपेली सम्मेलनमा उनी सधैं सहभागी भइन्

वर्तमान उपाध्यक्ष सुनिल खड्का

वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख हुन् । वेलायतमा विगत १० वर्ष देखी क्याटरिङ्ग व्यवसायमा सकृय छन् । खड्का प्रोपर्टी व्यवसायमा समेत संलग्न छन् ।

खड्काले संघको जुलाईमा हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन लागेको पुष्टि गर्दै नेपालब्रिटेन डट कमलाई भने ‘संस्थाको उपाध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गरेको महशुस गरेको छु । आफ्नो अनुभव र शुभेच्छुकहरु आग्रहमा उम्मेदवारी दिने निर्णय गरेको छु।’

नेपालमा समेत क्याटरिङ्ग क्षेत्रमा सक्रिय उद्यमी खड्काको च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्धता छ ।

खड्काले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाएर चर्चा बटुलेका थिए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com