एनआरएन यूकेको उपाध्यक्षका दाबेदार समाजसेवी बिष्णु खरेल

लण्डन । बेलायतका नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेल उपाध्यक्षका लागि अग्रसर भएकाछन् ।

खरेलले साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । युवा व्यवसायी तथा समाजसेवीको रुपमा परिचित बिष्णु खरेल गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार हुन् ।

करिब दुई दशक अगाडी बेलायत अएका खरेल परोपकारी काममा निकै सक्रिय छन् । आफुले केहि लिनुभन्दा पनि समस्त नेपाली समुदायलाई केहि दिनसक्छु भनेर उपाध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उनले बताए ।

एनआरएन युके भित्र आन्तरिक विवाद निकै रहेको र समाज बिभाजन तर्फ उन्मुख भएको बखत आफुले समाजलाई एक ढिक्का बनाउन सक्दो मेहनत गर्ने उनले बताए ।

नेपाली समुदायमा उनि समाज सेवाको क्षेत्रमा निकै अगाडि छन । व्यवसायसंगै समाजसेवामा पनि उत्तिकै सक्रिय बेलिफ रेष्टुरेन्ट संचालक खरेलले नियमित रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । यस वर्ष मात्रै उनले करिब १० लाख रुपैयाँको सहयोग नेपाल पठाइसकेका छन् ।

खरेलले काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा च्यारिटी कार्यक्रममा आयोजना गरि ३ लाख रुपैयाँ सहयोग गरेका थिए ।

उनले आफ्नो जन्मदिनको अवसरमा करिब चार लाख रकम संकलन गरि चितवनको चेपाङ समुदाय र धादिङका विपन्न १६८ परिवारलाई खाद्यान्न सहयोग गरेका थिए ।

एक च्यारिटि कार्यक्रमबाट उनले विपन्न परिवारका तीन विद्यार्थीलाई वर्षभरको अध्ययनका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए भने उनले छोराको जन्मदिनमा क्याट यूकेको लागि १६ सय ९० पाउण्डको कोष जुटाइदिएका थिए ।

भिन्न शैलीमा च्यारिटी गर्ने समाजसेवी खरेलले बुद्ध फाउण्डेसन यूकेका लागि समेत खरेलले दुईपटक गरी कुल साढे १३ सय पाउण्ड सहयोग गरेका थिए भने गत अप्रिल १३ मा उनले कोभिड १९ विरुद्ध अग्रमोर्चामा खटिएका ८० एनएचएस स्टाफलाई हौसलास्वरुप निशुल्क खाना प्रदान गरेका थिए ।

इमिग्रेसन एड्भाइजरका रुपमा समेत काम गर्दै आएका खरेल पछिल्लो समय उनको निरन्तर आर्थिक सहयोग रहिआएको छ । नेपालमा भुकम्प पिडीतहरुलाई करिब ५ लाख रुपैयाँ सहयोग गरेका खरेल लामो समयदेखि विभिन्न सामाजिक काममा सकृय छन् ।

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com