बेलायती नेपाली समाजको आशातीत समाजसेवी एनआरएन अध्यक्षका उम्मेदवार सुनिल खड्का

लण्डन । गैर आबासिय नेपाली संघ बेलायत (एनआरएनए यूके)का उपाध्यक्ष तथा समाजसेवी सुनिल खड्का आगामी नेतृत्वका लागि अग्रसर भएका छन् । बेलायतमा बसोबास गरीरहेका नेपाली तथा एसियन मुलका नागरीकहरुमाझ सहयोग तथा सहृदयी छबि बनाएका खड्का एनआरएनए यूके च्यारिटी विभागका संयोजकका रुपमा कार्यरत रहेका छन् । खड्काले संघको जुलाइमा आउने नयाँ नेतृत्वका लागि साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

बेलायत र छिमेकी मुलुकहरुमा बसोबास गरीरहेका नेपाली समुदायका अग्रजहरुको सुझाव र उपाध्यक्ष रहदा गरेका सामाजिक गतिविधिले अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उनले बताए । ’निस्वार्थ भावले मैले संस्थामा जति काम गरें, त्यो अझ पर्याप्त भए झैं लागेन । अब अध्यक्षको नेतृत्व लिएर यसलाई थप उचाई र अर्थ दिने मेरा योजनाहरु रहेका छन्’, खड्काले भने ।

अहिले सतहमा आएका अन्य सम्भावित उम्मेदवारहरुको तुलनामा खड्का च्यारिटी कर्ममा अझ बढी सक्रिय रहेकाले र बेलायतमा हुने हरेकजसो नेपाली समुदाय लक्षित कार्यक्रमहरु सक्रिय भइ लागीरहेकोले पनि नेतृत्व लिन उत्साहित भएको खड्काले बताए । ’तर मलाई समस्त नेपाली समुदाय, मतदाता र सञ्चारकर्मीको साथ महत्वपूर्ण रुपमा आवश्यक पर्दछ । म उहाँहरु सम्पुर्णलाई आवश्यक सहयोग गरिदिन पनि अपिल गर्दछु’, उनले भने ।

एनआरएनए यूकेको एउटा समूह अहिले मुद्दा मामिला र अनावश्यक राजनीतिमा अल्झिरहँदा उनी सदस्यता संख्या विस्तारमा सक्रिय भइरहेका छन् । बेलायतको नेपाली समुदाय राजनीतिक, सामाजिक तथा जातीय रुपमा विभाजित छ । एनआरएनए यूकेभित्रको किचलो त झन् बढी सतहमा आएको देखिन्छ । संघभित्रको आन्तरिक विवादमा समेत आपसी एकतालाई जोड दिंदै नेपाल र नेपालीको हितार्थ पक्षधर खड्काले समाजलाई एक ढिक्का बनाउन, नेपालीका हक हितमा काम गर्न र मातृभूमिको समृद्धिका लागि वास्तविक नेपाली शक्ति परिचालनमा पनि संघको नेतृत्व लिन आवश्यक रहेको बताए ।

नेपाली र बेलायती समुदायबीच समायोजनमा उल्लेख्य भूमिका निर्वाह गरेका उनी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट अलग छन् । ’समाजसेवालाई साथीहरुले आफ्नो स्वार्थसंगमात्र जोडे । आफू अनुकुलका काममा अग्रसर हुने तर आपतविपतमा जहिले पन्छिन खोज्ने प्रवृत्ति देखियो जुन दुर्भाग्यपूर्ण छ’, खड्का भन्छन्, ’मलाई केन्द्रमा गएर खादा माला लगाउनु पनि छैन् । राजनीति गर्नु पनि छैन् । न कसैको चाकडी गरेर पदमात्र ओगट्नु छ । म बरु सकेको समाजलाई दिन्छु ।’

वकिंगमा बसोबास गरीरहेका सक्रिय उद्यमी तथा समाजसेवी सुनिल खड्काको च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्धता रहेकोछ । बिगत दुई दशकदेखि बेलायतमा सपरिवार बसोबास गरीरहेका खड्काले लकडाउनका समयमा आफूलाई फेरि निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए र अहिले पनि त्यो क्रम जारी रहेको छ ।

लकडाउनले विशेषतः हस्पिटालिटी क्षेत्र संकटमा रहेका बेला त्यो पीडा बिर्सेर न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका सञ्चालक खड्काले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाएका थिए । ’भ्यालेन्टाइन डे’ मा सरप्राइज चकलेट गिफ्ट दिएर नयाँ शैली अपनाएका थिए । स्थानीयस्तरमा सातवटा विद्यालयका विद्यार्थीहरु र कर्मचारीलाई पाँच हजार निःशुल्क स्यानिटाइजरका बोतलहरु बाँडेका थिए जसको स्यावासी उनले जन्मभूमि देश नेपाल र कर्मभूमि देश बेलायतबाट धेरै पाएका थिए ।

घरबारविहीन्हरु र दिर्घरोगीहरुका निम्ती आश्रयस्थल मानवसेवा आश्रमका गतिविधीहरुमा पनि खड्काले खुलेर सहयोग गरीरहेकाछन् । चितवनस्थित मानवसेवा आश्रमलाई उनको निरन्तर आर्थिक सहयोग रहीआएको छ । बेलायतमा उठाइने हरेक कार्यक्रमहरुको चन्दा दाताको सुचिमा उनको नाम अनिवार्यरुपमा देखिएकै हुन्छ । खड्का प्रोपर्टी विजनेशमा समेत संलग्न रहेका छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com