प्रवासीको समस्याका बारेमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग अन्तरक्रिया

लण्डन । नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए । युरोप र नेपालबीच सिधा हवाई उडान गर्न माग गर्दै वक्ताहरूले गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकता नेपालमा रहने नेपाली सरह हुनुपर्ने तथा खाडी मुलुकमा रहेका लाखौँ नेपालीले सिकेको सीप र ज्ञानको उपयोग राज्यले गर्नु पर्ने जस्ता सुझाव र समस्या राखेका थिए ।

सो अवसरम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले पछिल्लो पटक अन्य देशमा राजदूत पठाउने क्रममा संसदीय सुनुवाइमा नाम पठाउने क्रममा कोरिया छुटेका कारण यस्तो हुन गएको र अब छिट्टै पठाइने बताउनुभयो । त्यस्तै नागरिकताका सवालमा हाल संसदमा विधेयक पेश भइसकेको र यसमा थप केही मागहरू सम्बोधन गर्नुपर्ने रहेको भनी बाग्लुङबाट निर्वाचित सांसद सूर्य पाठकले संशाेधन प्रस्ताव पेश गर्नुभएको भन्दै उहाँले सो विधेयक राष्ट्रियसभामा आउँदा आफूले थप आवाज उठाउने बताउनुभयो ।

अध्यक्ष तिमिल्सेनाले युरोप र नेपालबीच सिधा हवाई उडानका लागि युरोपमा हाल नेपाली जहाज उडाउन प्रतिबन्ध रहेको र यसको विकल्पका रूपमा रसिया–नेपाल सिधा उडानका लागि आफू नेपालका लागि रसियाका राजदूतसँग निरन्तर संवादमा रहेको बताउनुभयो । कार्यक्रममा विश्वका विभिन्न देशबाट प्रवासी नेपाली मञ्चका पदाधिकारी, पत्रकार र अन्य सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति थियो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com