नेपाल पत्रकार महासंघको अध्यक्षमा प्रेस युनियन निकट विपुल पोखरेल निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा नेपाल प्रेस युनियन निकट विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरेका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । त्यसैगरी पोख्रेल प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।

नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् ।

पदाधिकारीमा विपुलकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजक चुनिएका छन् ।

महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

अध्यक्षमा निर्वाचित पोख्रेलले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिबद्धता जनाए ।

“एउटा बलियो नागरिक संस्थाको रुपमा कुनै पनि पश्चगमनको सोच विरुद्ध पत्रकार महासंघले सिंगो नेपाली समाजलाइ जागरुक बनाउने छ। महासंघ मार्फत हामी नेपालको प्रेस स्वतन्त्रताको आन्दोलन र श्रमजीवि पत्रकारहरुको आन्दोलनलाई अगाडि बढाउने छौं,” उनले भने। यस्तै श्रमजीवि पत्रकारहरुको हक हितका मुद्दाहरुलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहिं कतै सम्झौता नगर्ने प्रतिबद्धता पनि उनले जनाए ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com