युरोपेली आयोगद्वारा उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा

ब्रसेल्स। युरोपेली आयोगले संयुक्त अधिराज्य ( बेलायत)को उत्तरी आयरल्याण्डमा भएको हिंसाको निन्दा गरेको छ । बिहीबार सो आयोगले उक्त हिंसाको कडा शब्दमा निन्दा गरेको बताइएको छ ।

गएका केही दिनयता उत्तरी आयरल्याण्डमा भएका हिंसाका कार्यहरुको यस युरोपेली आयोग कडा शब्दमा निन्दा गर्दछ– बिहीबार सो आयोगले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ कि– यस्तो प्रकारको हिंसा कदापि मान्य छैन, यसबाट कसैले पनि केही प्राप्त गर्न सक्दैनन्, त्यसैले यस्ता हिंसात्मक गतिविधिहरु तुरुन्त रोकेर नागरिकको सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि यस्तो खालका हिंसात्मक गतिविधिहरु तुरुन्त रोक्न आग्रह गर्नुभएको छ । उहाँले नागरिकका जे जस्तो सुकै मागहरु भए पनि ती सबै शान्तिपूर्ण वार्ताको माध्यमबाट गर्न सकिने भन्दै त्यसका लागि प्रयत्न गर्न आग्रह पनि गर्नुभएको छ ।

ब्रेक्जिटको विषयलाई लिएर उत्तरी आयरल्याण्डमा केही समय यतादेखि दंगाहरु भइरहेको बताइएको छ । प्रदर्शनकारीहरुले हिंसात्मक रुपमा आफ्ना प्रदर्शन गरिरहेका बताइएको छ ।

यस प्रदर्शनले हिंसात्मक रुप लिन सक्ने भन्दै यस्ता विरोधहरुलाई शान्तिपूर्ण रुपमा राख्न तथा सबै समस्याको समाधान वार्ताका माध्यमबाट नै खोज्न बेलायतका प्रधानमन्त्री जोन्सनले पटक पटक आग्रह गर्नुभएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com