"बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु" नामको फेसबुक ग्रुप पून: संचालनमा

लण्डन। बेलायतका नेपालीहरुमाझ बिबिध जानकारी र सूचनाहरुको साझा प्लेटफर्मका रुपमा रहेको फेसुबक ग्रुप एक्कासी बन्द भएपछि एड्मिन शिब पराजुलीले सोहि नामको अर्को फेसबुक ग्रुप सञ्चालनमा ल्याएका छन् । “बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु” नामको नयाँ ग्रुपमा जोडिन पराजुलीली बेलायतवासी सम्पूर्ण नेपालीलहरुलाई लाई आग्रह गरेका छन् ।

‘अहिले तत्कालको लागि यहि ग्रुपमा जोडिनुहुन म सबैलाई आग्रह गर्दछु । पहिलाको ग्रुपमा जस्तै जानकारी र सूचनाहरु यो नयाँ ग्रुपबाट लिन वा शेयर गर्न सक्नुहुनेछ । हामी पुरानो ग्रुपबारे पनि बुझ्ने र सुचारु गराउने हरसम्भव कोशिस जारी राख्नेछौं’ , उनले भने ।

वर्षौंअघि शुरु गरेर मेहनतपूर्वक बिस्तार गरेको ग्रुप एकाएक गुमाउनुपर्दा एड्मिन पराजुली निकै दुखी छन् । उनी भन्छन्, ‘मैले यो ग्रुपमार्फत पछिल्ला ८ वर्षमा बेलायतका नेपालीहरुलाई सक्दो सहयोगको प्रयास गरेको छु । त्यसैले मलाई आशा छ, अब नयाँ ग्रुपमा पनि सबैजना जोडिएर हामीलाई पूर्ववत अवस्थामै पुर्याउन सबैले सहयोग गर्नुहुनेछ ।’

उक्त ग्रुप एकाएक ‘बन्द’ भएको थियो। फेसबुकले आफूलाई कुनै जानकारी समेत नगराएकोमा उनी चिन्तित र आश्चर्यचकित भएका छन् । करिब ८ वर्षभन्दा लामो समयदेखि पराजुलीले सञ्चालन गर्दै आएको ग्रुपमा बेलायतबासी २७ हजार नेपाली मेम्बर थिए । दैनिक सय बढि मेम्बरले विभिन्न सूचना र जानकारीसहितका पोस्टहरु राख्थे, कतिपयले सूचना खोज्दै पोस्टहरु गर्थे । सान्दर्भिक पोस्टहरु मात्रै एड्मिनले एप्रुभ गर्थे र सबै मेम्बरहरुमाझ पुर्याउँथे ।

बेलायतका नेपालीहरुमाझ मेम्बरहरुको संख्याले मात्र होइन, सहभागिताका हिसाबले पनि फेसबुकमा सबैभन्दा ठूलो र सक्रिय प्लेटफर्म थियो। ग्रुप बन्द भएलगत्तै यसका कयौं मेम्बरहरुबाट लगातार टेलिफोन आइरहेको एड्मिन पराजुलीले बताए । ‘म आफै पनि आश्चर्यमा छु, कसरी ग्रुप हरायो भन्ने बुझ्न सकेको छैन । फेसबुकलाई पत्र पठाएर सोधीखोजी गरेको छु, उनीहरुले जवाफ पठाएपछि कारण थाहा होला’, उनले भने ।

फेसुबकले प्रकाशनलाई अनुमति नदिने, कसैको मानहानी हुने, नोक्सानी पुर्याउने, घृणा फैलाउने जस्ता आपत्तिजनक पोस्टहरु आउँदा एड्मिनबाटै रोकिने गरेको सुनाउँदै पराजुलीले भने, ‘ग्रुप बन्द नै हुनुपर्ने कुनै कारण म देख्दिन । कुनै प्राविधिक कारणले अहिले हराएको भएपनि पछि फिर्ता आउँछ कि भन्ने आशा पनि छ ।’

तर पनि पुरानै ग्रुपका एड्मिनले सञ्चालनमा ल्याएको ग्रुप “बेलायतमा नेपाली घरभाडामा तथा रोजगारका अवसरहरु” को लिंकमा क्लिक गरेर ग्रुपमा जोडिन सकिनेछ।

https://www.facebook.com/groups/belayatmanepalighar

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com