एनआरएनए यूके र भूपू गोर्खा संगठनहरुद्वारा बेलायतका प्रधानमंत्रीलाई संयुक्त ज्ञापनपत्र पठाइयो

लण्डन। एनआरएनए यूके गोर्खा विभागको आगुवाइमा बेलायतस्थित पाँचओटा प्रमुख भूतपूर्व गोर्खा संगठनहरुले बेलायतका प्रधानमंत्रीलाई संयुक्त ज्ञापनपत्र पठाएका छन्।अल्डरशटस्थित पोस्ट अफिसबाट मंगलबार बिहान ब्रिटिश प्रधानमंत्रीको कार्यालयमा पत्र पठाइएको हो।

पत्रमा समान पेन्सन, समानता तथा न्यायका लागि तीन दशक देखि जारी गोर्खा आन्दोलनले राखेका मागहरु सम्बोधन गर्न आग्रह गरिएको छ। गोर्खा संगठनहरुले नेपाल सरकार तथा ब्रिटिश सरकारलाई वार्ता समिति गठन गर्न र वार्ताको मिति तय गर्न पनि माग गरेका छन् । पत्रमा १ जुलाई २०२१ अगावै वार्ता समिति गठन गर्न पनि आग्रह गरिएको छ।

उक्त अवसरमा बोल्दै एनआरएनएका यूके उपाध्यक्ष तथा गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरले गत २७ मार्चमा प्रमुख गोर्खा संगठनहरुसंग भएको खुल्ला छलफल तथा बैठकको म्यान्डेट बमोजिम छुट्टाछुट्टै पत्र तयार गरिएको जानकारी दिए। उनले प्रधानमंत्री के पी शर्मा ओलीलाई सम्बोधन गरिएको संयुक्त ज्ञापनपत्र बुधबार बिहान ११ बजे लन्डनस्थित नेपाली दूतावासमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई हस्तान्तरण गरिने पनि जनाए।

“२०६ वर्ष इतिहास बोकेको गोर्खा अभियानमा गोर्खालीहरुको योगदानको सम्मान गर्दै गोर्खा संस्थाहरुले राखेका १३ बुंदे माग दुवै सरकारले कूटनीतिक ढंगबाट कार्यान्वयनमा ल्याइयोस् भनेर हामीले ज्ञापनपत्र बुझाएका हौँ । हामी गोर्खासंस्थाहरुसंग साथसाथै छौं। यो अभियान एउटा तार्किक निष्कर्षमा नपुग्दासम्म हामीले विश्राम लिने छैनौं,” उनले भने।

ज्ञापनपत्रमा ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) का अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान, ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान युकेका संयोजक थर्क राना, गेसोका कार्यवाहक सभापति धर्म तामांग, , गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई, ब्रिटिश गोर्खा नेपाल भूपू सैनिक संघ (नेसा युके) का अध्यक्ष केश बहादुर गुरुङ तथा गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष एवम् गोर्खा विभागका प्रमुख संयोजक प्रेम गाहा मगरको हस्ताक्षर रहेको छ।

बेलायतका प्रधानमन्त्रीलाई पठाइएको पत्रको पूर्णपाठ :

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com