आरजीएनएसको अध्यक्षमा जीत रानाभाट सहित पुरै कार्यसमिति निर्विरोध : ३ बर्षका लागि ६ बूँदे प्रतिबद्धता

लण्डन। रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) को अध्यक्षमा निबर्तमान उपाध्यक्ष जीत रानाभाट सहित सिंगो कार्यसमिति नै निर्विरोध छानिएको छ । आज एक कार्यक्रमका बीच उक्त औपचारिक घोषणा गरिएको हो।

जुम मार्फत भर्चुअल रुपमा आयोजित चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा पनि गरेको छ। आरजीएनएसको सबै पदहरुमा विधान अनुसार नै उम्मेदवारी परेपछि अध्यक्ष पदमा रानाभाटलगायत सबै निर्विरोध भएका हुन्।

आरजीएनएसका निबर्तमान उपाध्यक्ष रानाभाट गैरआवासीय नेपाली संघ (एनआरएनए ) युके का सचिव पनि छन् । निर्वाचन समितिका अनुसार अध्यक्षसंगै १५ सदस्यीय कार्यसमिति निर्विरोध छानिएको छ । कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी, महासचिव मञ्जु भण्डारी छानिएकी छिन । यसअघि गुरुङ उपाध्यक्ष थिइन भने भण्डारी महासचिव थिइन ।

त्यसैगरी सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा छन् । सदस्यहरुमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी परेको थियो । वाँकी चार सदस्य पदहरु पछि मनोनित गरिने छ ।

कार्यक्रममा संस्थाको वार्षिक, आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल भएको थियो । नयाँ कार्यसमितिको निर्वाचनका लागि कर्ण शाहीको संयोजकत्व, राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य र फडिन्द्र भट्टराई सदस्यसचिव थिए।

नयाँ कार्यसमितिको घोषणा हुनु अघि आरजीएनएस अध्यक्ष शर्मिला हिराचन थकालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए अध्यक्ष पुनम गुरुङ प्रमुख अतिथिको रुपमा रहेकी थिइन्। कार्यक्रममा उपस्थित बेलायतस्थित विभिन्न संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको कामना गरेका थिए।

उक्त अवसरमा आरजीएनएसका नव निर्वाचित अध्यक्ष रानाभाटले आगामी ३ बर्षको कार्यकालको लागि विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्ने भन्दै ६ बुंदे प्रतिबद्धता ब्यक्त गरेका थिए। अध्यक्ष रानाभाटको उक्त प्रतिबद्धता सहितको मन्तब्यको पूर्णपाठ :

रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी (RGNS) को आज सम्पन्न हुदैगरेको यस गरिमामय महाधिवेशनबाट मलाई यस सस्थाको अध्यक्ष पदमा निर्वाचित गर्नुभएकोमा, म यहाहरु प्रति मेरो व्यक्तिगत र नवनिर्वाचित कार्यसमितिको तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछु ।

आजको यस चौथो महाधिवेशन सफलता पुर्वक सम्पन्न गर्न बिभिन्न समितिमा रही आ-आफ्नो योगदान दिनु हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुलाई नमन गर्न चाहन्छु । साथै निर्वाचन समितिका सम्योजक श्री कर्ण शाही, बिधान समितिका संयोजक श्री अर्क राज तिमल्सिना तथा पर्यवेक्षकज्युहरु लगायत उपसमितिहरुका सम्पूर्ण सचिव तथा सदस्यहरुमा यहाहरुको अथक मेहनतको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।

सस्थाका निबर्तमान अध्यक्ष शर्मिला हिराचन थकाली ज्युको सफल कार्यकालको लागि धन्यबाद  ज्ञापन गर्दै सस्थाको निरन्तरता र  निस्वार्थ भावनामा उहाले खेल्नु भएको भूमिकाको लागि म हृदयदेखि नमन गर्न चाहन्छु। साथै उहाँको कार्यसमितिमा रहेर आफ्नो अमुल्य समय दिई सस्थाको गरिमालाई उच्च बनाउन अहोरात्र  खट्नु हुने पदाधिकारीहरु तथा सदस्यहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।

यो सस्थालाई ग्रीनवीचस्थित नेपाली समुदायको सुख -दुखको साथी बनाउन बिशेष भूमिका निर्बाह गर्नुहुने  प्रमुख सल्लाहकार, सस्थापक सल्लाहकारहरु तथा सम्पूर्ण सल्लाहकारहरुले दिनु भएको अमुल्य सहयोग र  सुझावको लागि हार्दिक आभार व्यक्त गर्दछु। यसैगरी आगामी कार्यकालमा पनि यहाहरुको सहयोग, सुझाव र सस्थाको उदेश्य प्राप्तिको लागि निरन्तर सहयोग रहने कुरामा पूर्ण आशावादी छु। 

यहाहरु सबैलाई जानकारी भएकै कुरा हो,  ग्रीनवीच  र आसपासमा बसोबास गर्ने गैर आवासीय नेपालीहरुको हित सरक्षण तथा पक्षपोषण गर्न संगठित रुपले गठन भएको ”रोयल बरो अफ ग्रीनवीच नेपाली समाज”( आर जी एन एस ) एक छाता सस्था हो। नेपालीहरुलाई सहयोग गर्ने जिम्मेवार तथा साझा सस्थाको रुपमा आरजीएनएस गठन भएको सर्बबिदितै छ । एक स्वतन्त्र  र गैर नाफामुलक सस्थाको रुपमा बिकसित आरजीएनएसले  साउथ ईस्ट लण्डनका नेपालीहरुलाई एक अर्कासंग हातेमालो गर्दै संगठित र सहयोगीको रुपमा काम गर्दै आएको  स्मरण गराउन चाहन्छु ।

यस सस्थाको प्रमुख उदेश्यहरु मुख्यतया गैर आवासीय नेपाली तथा तीनका परिवार समेतलाई एकताबद्ध गरी  नेपाली भाषा, कला , साहित्य, परम्परा , धर्म संस्कृति तथा नेपालीपनको संरक्षणमा अहम भूमिका खेल्नु हो। बिभिन्न जातीय तथा पेशागत संघ सस्थाहरु सग समन्वय गरि पारस्परिक सहयोग आदान-प्रदान  गर्नु पनि हो ।

त्यस्तै, स्थानीय काउन्सिल र अन्तर्गतका सस्थाहरु संग समन्वय र सहकार्य गरि नेपालीहरुको  हितमा योगदान गर्दै आएका छौँ। यस सस्थाको स्थापना कालदेखि नै आफ्ना उदेश्य प्राप्तिका लागि विभिन्न समयमा बिभिन्न भूमिका बहन  गर्दै आएको  छ। स्थापनाकाल देखि नै महासचिव र निबर्तवान उपाध्यक्षको भूमिका सफलता पुर्बक निर्वाह गर्दै विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सन्चालन गरेको जानकारी गराउन चाहन्छु।

कोभिड-१९ को महामारीमा यस क्षेत्रमा मास्क , सेनीटाईजर , ग्लोव्स , पारासिटामोल , भिटामिन सी र भिटामिन डि  लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको साथै मात्रीभूमि  नेपालमा समेत राहत वितरण कार्यक्रम गरेको स्मरण गर्न चाहन्छु। साउथ इस्ट लण्डनमा कोभिड-१९ रेस्पोन्स तथा सेन्सस-२०२१ अवेरनेस कार्यक्रमको सफलतापुर्वक संयोजन गरेको कुरा पनि यहाहरु समाक्ष राख्न चाहन्छु।

मेरो  कार्यकालमा यस सस्थाको गरिमालाई अझ उच्च बनाउन र यसका कार्यक्रमलाई जनमुखी र प्रभावकारी  बनाउने काम गरिने छ।  नवनिर्वाचित कार्यसमितिको कार्यक्षमताको अधिकतम उपलब्धि हासिल गर्ने मेरो चाहना अनुरुप मलाई आगामी कार्यकालको लागि अध्यक्षको रुपमा चयन गर्नु भएकोमा यहाहरु सबै प्रति म र मेरो टिमको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछु। साथै आगामी ३ बर्षको कार्यकालको लागि निम्न अनुसारको कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

मेरा प्रतिबद्धताहरु यस प्रकार छन्।

) नेपाली भाषा, कला तथा सस्कृतिको जगेर्ना तथा प्रवर्दन गर्न आगामी बर्षको लागि ठोश कार्यक्रमहरु बनाई नेपाल स्थानीय कलाकारहरु संग समन्वय गरि विभिन्न कार्यक्रमहरु संचालन गर्ने।  वक्तृत्वकला, हाजिरीजवाफ लगायत कार्यक्रमहरु संचालन तथा  बालबालिकाको लागि नेपाली भाषा कक्षाहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने।

) यस भेगका नेपालीहरुको जनघनत्व लाई मध्यनजर राख्दै नेपाली सामुदायिक भवन (Community Centre) स्थापना ब्यबस्थापन गर्ने साथै यस कार्यको लागि स्थानीय काउन्सिल, लन्डन मेयर तथा स्थानीय साम्सदहरु संग समन्वय गरि आवस्यक पर्ने संसाधनको व्यवस्था गर्ने

) मातृभूमि प्रर्तिको उत्तरदायित्व मनन गर्दै  दुर्गम तथा संसाधनको पहुच नभएका नेपालीहरुलाई सहयोग गर्नुका साथै आबस्यकता अनुसार विभिन्न राहत कार्यक्रमहरु संचालन गर्ने।

) स्थानीय स्तरका विभिन्न संघ सस्थाहरु संग समन्वय गरि नेपाली समुदायको बृहत हक हितको लागि समन्वयकारी भूमिका खेल्ने

) सम्बन्धित स्थानीय सस्थाहरुसग समन्वय गरि नेपाली साहित्य तथा कलालाई प्रबर्धन  गर्न विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्ने। 

) स्थानीय ब्यापारको प्रबर्धन तथा सहयोगको लागि सामुदायिक ब्यापारको अवधारणा लागु गरि अधिकतम नेपालीहरुलाई ब्यापारमा संलग्न  गराउने।

यी प्रतिबद्धताहरु पूरा गर्न सरोकारवाला सबैसंग अन्तरक्रिया , ठोस कार्ययोजना मार्फत समुदायको हितमा आबश्यक पर्ने जनमुखी कार्यक्रम अघि बढाइने छ। साथै हाम्रा हरेक आर्थिक क्रियाकलापहरु पारदर्शी हुनेछन  भन्नेमा विश्वास दिलाउन चाहन्छौ। 

समाज परिवर्तनका सपनाहरुलाई साकार पार्न हाम्रो यो कार्यसमिति पूर्ण सक्षम छ भन्ने हामीले ठानेका छौ। यहाहरुको सक्रिय सहयोग र सहकार्यले हामीले चाहेको समाज परिवर्तन  गर्ने कार्यमा हामी पूर्ण सक्रिय रहनेछौ भन्नेमा हामी प्रतिबदता व्यक्त गर्दछौ । फेरिपनि यहाँहरुको अमुल्य समय निकाली कार्यक्रममा सहभागीता जनाई हौसला प्रदान गरिदिनु भएकोमा आभार ब्यक्त गर्दछु।

अन्तमा ‘’Together We Can Achieve’’ भन्ने मूल नारालाई अगाडी सार्दै यस सस्थाको बृहतर हितको लागि तपाई हामी सबैको सहयोगको अपेक्षा राख्दै म, मेरो मन्तव्य यहि अन्त गर्दछु। 

धन्यवाद।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com