एनआरएनए युकेको सदस्यता अनलाइनबाट मात्र लिन मिल्ने : आवेदन मिति १ अप्रिलदेखि १० जुन २०२१ सम्म

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) युकेको सदस्यता १ अप्रिल बिहीबारदेखि खुल्ला गरिएको छ । एनआरएनए युकेका अध्यक्ष तथा महासचिवद्वारा बिहीबार नै जारी सूचनामा यसपटक अनलाइनबाट मात्र सदस्यता लिन मिल्ने उल्लेख छ। तर जेष्ठ नागरिक लगायत बेलायतमा रहेका हजारौंको संख्यामा कम्प्युटर र अंग्रेजीको ज्ञान र पहुँच नभएकाहरुलाई कसरी सदस्यता दिने भन्ने बारेमा भने उक्त जरुरी सूचनामा केही उल्लेख छैन।

सूचनामा डेस्कटप वा ल्यापटपमा members.nrna.org टाईप गरी देशमा UK छानेर सदस्यता फाराम भर्न सकिने बताइएको छ । सदस्यता आवेदन गर्दा परिचयपत्र र ठेगाना खुल्ने कागजात अपलोड गर्न पर्ने बताइएको छ । सदस्यता आवेदन गर्ने मिति १ अप्रिलदेखि १० जुन २०२१ सम्म तोकिएको छ । सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ । सो शुल्क डेभिट वा क्रेडिट कार्डबाट तिर्न सकिने छ ।

यसरी तिरिएको शुल्क एनआरएनए युकेको पेपल अकाउण्टमा जम्मा हुने विज्ञप्तिमा उल्लेख छ तर एनआरएनए युकेको आफ्नै बैँक खाता त्यस्तो शुल्क किन जम्मा नगरिएको भने प्रष्ट छैन ।

एनआरएनए युकेले छिट्टै नै आइफोन र एन्डरोइड फोनहरुबाट पनि सदस्यता आवेदन गर्नसक्ने सुविधा ल्याउँदै गरेको बताएको छ । साथै प्रविधि प्रयोगमा देखिन सक्ने कुनै असहजताहरु भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com