क्यानद्वारा एलबिजेड गुरुङ लगायतको सक्रियतामा बीसीसी युकेलाई खाद्य सामग्री प्रदान

लण्डन । कोरोनाको कहारकाबीच अफ्ठ्यारो परिस्थितिमा पनि स्थानीय समुदायको लागि कार्यरत कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेश्नलले बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेलाई हालै आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

एनआरएनए युके इंग्याल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष समेत रहेका क्यान इन्टरनेश्नलका लाल बहादुर गुरुङ (एलबिजेड), अल्डरसट नेप्लिज युथका राजन गुरुङ लगायत युवाहरुले गुम्बामा प्रवन्धक पूर्ण गुरुङलाई गत शुक्रबार सो सामाग्री हस्तान्तरण गरेको हो । दाल, चामाल, टोइलेट पेपर, तेल लगायतका आवश्यक सामाग्रीहरु वितरण गरेको क्यान इन्टरनेश्नलले यस अघि पनि गत सेप्टेम्बरमा ह्याण्ड सेनिटाईजर र माक्स वितरण गरेको थियो ।

कुरा भन्दा काम गर्न रुचाउने र प्रचार प्रसारको खासै मतलव पनि नराख्ने एलबिजेड गुरुङले इंग्याल्याण्डका विभिन्न स्थानहरुमा यस्तै प्रकारको मानबसेवी कार्यहरु गर्दै आएका छन्। उनले विभिन्न संघ संस्थाहरुमा विभन्न पदमा रहेर उल्लेख्य काम गर्दै बेलायतको नेपाली समुदायको सेवा गर्दै आइरहेका छन्।

क्यान इन्टरनेश्नलले विगत केही बर्ष देखि बेलायतस्थित भूतपूर्व गोर्खा परिवार तथा नेपाली समुदायलाई लक्षित गरी विभिन्न परियोजनाहरु संचालन गर्दै आइरहेको अवस्थामा कोभिड–१९ को महामारीबाट जोगिन आवश्यक सामाग्रीहरु वितरण गर्दै आएको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com