कोरोनाको कहरबीच नेपालमा फागु पुर्णिमा "होली" पर्व मनाइयो

काठमाडौं । रङ्गहरुको पर्वको रुपमा परिचित फागु पुर्णिमा (होली) देशभर हर्षाेल्लासका साथ मनाइएको छ । विभिन्न रङ्ग एक आपसमा लगाएर मनाउने यस पर्वमा कोरोना भाइरसको जोखिम रहेको बताउँदै सरकारले सामाजिक दुरी (भौतिक) अवलम्बन गर्दै भीडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको छ । तर सरकारी सूचनालाई बेवास्ता गर्दै उपत्यकासहित देशभर यस पर्व भिडभाडमा नै मनाइएको पाइएको छ ।

फागु पर्वको मुख्य केन्द्र राजधानीको बसन्तपुरमा अध्याधिक मात्रामा युवाको सम्लग्नतामा यस पर्व मनाइएको छ । बच्चादेखि युवायुवतीहरु त्यहाँ पुगेर सामाजिक दुरीको पालना नगरी रङ्गहरुको होली पर्व मनाएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनसक्ने भन्दै सरकारले होली पर्वमा भीडभाड हुने गतिविधिमा रोक लगाएको छ । तर पनि काठमाडौंमा भने होलीको अवसरमा ठूलो संख्यामा मानिसहरूको भीडभाड देखिएको छ । विभिन्न ठाउँका होली कार्यक्रमहरुमा भाैतिक दूरी र मास्क प्रयोग नगरेको पाइएको छ ।

तराईमा “भाङ्ग” मिश्रित मिठाई र परिकारहरु खाएर होली पर्व बिशेष रुपले मनाउने गरिन्छ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com