दोहा। बेलायत सरकारद्वारा “रेड लिस्ट” मा परेको कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ । कतारबाट हवाई उडानद्वारा वा “ट्राञ्जिट” भई बेलायत आउने यात्रुहरुले १० दिनसम्म अनिवार्य रुपमा होटेलमा आइसोलेशनमा बस्नु पर्छ।
स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ ।
हालसम्म एक लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । पछिल्लो चौबीस घण्टामा २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ ।
चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तीब्रता दिइएको छ । यसरी कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ ।