काँग्रेसका नेता पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन

काठमाडौं (जीएनएन) । कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।

अकस्मात मस्तिष्काघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत नेपाली कांग्रेसका नेता जाेशीकाे शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।

५७ वर्षीय जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री समेत थिए । जोशीको जन्म वि.सं. २०२० साल पुस २४ मा भएको थियो ।

शालीन तथा भद्र ब्यक्तित्वका धनि जोशी गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग झिनो मतले पराजित भएका थिए । पहिलाे र दाेस्राे संविधानसभाकाे निर्वाचनमा भने जाेशी साेही क्षेत्रबाट निर्वाचित भएका थिए ।

२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालकाे स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जाेशीका श्रीमती र एक छाेरी छन् ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com