प्रहरी महानिरीक्षकमा अर्याल

 

काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ ।

बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

चार वर्षको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा अर्यालले १५४.२ अङ्क प्राप्त गर्नुभएको थियो । त्यसैगरी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले १५२.४, बमबहादुर भण्डारीले १५०.२ र जयबहादुर चन्दले १४७.६ अङ्क प्राप्त गर्नुभएको थियो ।

सरकारले गत फागुन १ गते प्रहरी नायब महानिरीक्षक चन्दलाई प्रहरी प्रमुखमा बढुवा गरेकामा सर्वाेच्च अदालतले बढुवाको आधार पेस गर्न आदेश दिएको थियो ।

सूचना तथा सञ्चारमन्त्री कार्कीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग भएको निकै लामो र निरन्तरको छलफलपछि सरकारले यसअघि संविधान संशोधनका लागि लगेको प्रस्ताव फिर्ता लिने र नयाँ प्रस्ताव संसद्मा लैजाने निर्णय पनि बैठकमा भएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाका सदस्य निर्वाचनका लागि प्रदेशसभाका सदस्य निर्वाचकमण्डलमा रुपमा रहने र संविधानको धारा २७४ लाई संशोधन गर्ने प्रस्ताव लगिनेछ । यसैगरी प्रदेश नं २ र ५ को मागलाई ध्यानमा राख्दै गाउँपालिका र नगरपालिकाको सङ्ख्या थप्ने विषयमा उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले तीन दिनभित्र सुझाव दिने र त्यसअनुसार सङ्ख्या आवश्यक भएमा थप्ने निर्णय गर्न सक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com