कोसेलीमा नयां कार्यसमिति चयन

लन्डन । तीन दशक अघि स्थापित कोसेली नेपाली सांस्कृतिक परिवार यूकेमा नयां नेतृत्व सर्वसम्मत चयन भएको छ । आइतबार लन्डनमा सम्पन्न कासेलीको सातौं सम्मेलनले शर्मिला सिंहको अध्यक्षतामा चौधौं कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सन् २०१७ देखि २०२० सम्म कार्यकाल रहने उक्त नयां कार्यसमितिमा अध्यक्ष शर्मिला सिंह, उपाध्यक्ष रुवी थापा, महासचिव खेमराज गौतम, सचिव निश्चल दाहाल, कोषाध्यक्ष पुनम पाठक, नृत्य संयोजक गिता थापा, संगीत संयोजक अमर लामा चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा रोजन भण्डारी, राजकुमार सिंह, उपासना भट्ट र सुवर्ण थापा क्षेत्री चयन भए । निर्वाचन अधिकृत मिनबहादुर बानियाले नयां कार्यसमिति घोषणा गरेका थिए ।

यसअघि संस्थाका अध्यक्ष अमृत गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अगुवाहरु प्रमुख अतिथी डा. राघवप्रसाद धिताल (ओबीइ), खगेन्द्र नेपाली, ध्रुव केसी, कोडेक अध्यक्ष शंकर दाहाल, नेपाली साहित्य विकास परिषदका बीरेन्द्र कुंवर लगायतले शुभकामना दिंदै कोसेलीको नेपाली कला संस्कृति जगेर्ना गर्ने अभियानको प्रशंसा गरे । महासचिव खेमराज 
गौतमले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य मनोज थापाले दिएका थिए ।

तस्विरः नेपालीसमाजयूकेडटकम

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com