म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा

याङ्गुन। म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुरा रिहा भएका छन्। गत शुक्रवार राजधानीस्थित एउटा अदालतबाहिर समाचार सङ्कलन गरिरहँदा सादा पोसाकमा आएका व्यक्तिले थुरालाई नियन्त्रणमा लिएका थिए। उनी आज चौथो दिन रिहा भएका हुन्।

बीबीसीका अनुसार गत माघ १९ मा सैनिक कू भएपछि म्यान्मारमा ४० पत्रकार पक्राउ परिसकेका छन्। सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ।

थुरा गत शुक्रवार मिजिमा नामक सञ्चारमाध्यममा कार्यरत पत्रकार थान टिक आङसँगै पक्राउ परेका थिए। मिजिमाको अनुमति फागुन महिनामा सरकारले खारेज गरेको थियो।

पक्राउ परेपछि उनीसँग बीबीसीको सम्पर्क हुन सकेको थिएन। बीबीसीले सोमवार उनी मुक्त भएको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com