बेलायतमा आजको जनगणनामा सहभागी बन्न र "नेपाली" लेख्न आग्रह

लण्डन। संयुक्त अधिराज्य (बेलायत)का चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा हुन गइरहेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको अधिकारिक सहभागिता जनाउन बेलायतमा क्रियाशील नेपाली सङ्घसंस्था सक्रिय भएका छन् । बेलायतमा आइतबार जनगणना सुरु हुँदैछ ।

“जनगणना नियमित प्रक्रिया भए पनि यसले पहिचान स्थापित गर्न सहयोग पु¥याउँछ,” बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान क्षेत्रमा प्राध्यापनरत डा. कृष्ण अधिकारीले भन्नुभयो, “अहिले जनगणना राष्ट्रिय चाडका रूपमा आएको छ । यहाँ रहेका नेपालीलाई एकताबद्ध बनाउने माध्यम बनेको जनगणनाले नेपाली समुदायको सशक्तीकरणमा पनि टेवा पु¥याउँछ । ” उहाँले समुदायको सङ्ख्या धेरै भएपछि राष्ट्रिय तथा स्थानीय तहबाट निर्माण हुने योजना नेपालीको मागअनुसार बनाइन्छन् भन्दै स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा आफ्नै भाषामा प्राप्त हुने बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्का अध्यक्ष दीपक श्रेष्ठले जातिय पहिचानको महलमा नेपाली लेख्ने सहमति भएको जानकारी दिँदै जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन पनि सञ्चालन गरिएको बताउनुभयो । कोरोनाका कारण घरदैलो नगरिए पनि घरमै बसेर अनलाइनमार्फत फाराम भर्न सजिलो हुने भएकाले यसपटक नेपालीको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएको सरकारी तथ्याङ्क छ । यो सङ्ख्या अहिले दोब्बर बढ्नसक्ने अनुमान गरिएको छ । लन्डन बोरो अफ वारनेटका उपमेयर लक्ष्यबहादुर गुरुङले फाराम भर्दा जातीय पहिचान र भाषाको महलमा नेपाली लेखेर पहिचान स्थापित गर्न आग्रह गरिएको बताउनुभयो । इङ्ल्यान्ड र वेल्समा १८ वटा, स्कटल्यान्डमा १९ वटा र उत्तरी आयरल्यान्डमा ११ वटा जातिका लागि अलग्गै जातीय महलको व्यवस्था गरिएको छ ।

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूके, लन्डनको दक्षिणपूर्वी संयोजक तीर्थ पौडेलले अस्तित्वको पहिचान भए अल्पसङ्ख्यकले पनि अधिकारबाट वञ्चित हुन नपर्ने बताउनुभयो । – गोरखापत्र

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com