परराष्ट्र मन्त्रायद्वारा नयाँ कार्ययोजना लागू

 

काठमाडौँ, २७ चैत । परराष्ट्र मन्त्रालयद्वारा सम्पादन हुने कार्य तथा योजनालाई निर्धारित समयमै सम्पन्न गरी परिणाममुखी बनाउने उद्देश्यले मन्त्रालयले वार्षिक नयाँ कार्ययोजना तयार गरेको छ ।

मन्त्रालय र यस मातहतका महाशाखा, विभाग र नियोगलाई कार्यक्रम, उद्देश्य, जिम्मेवार निकाय, सो कार्यका लागि सहयोगी निकाय, आवश्यक समय सीमा र अपेक्षित नतिजा प्राप्त गर्नका लागि गर्नुपर्ने क्रियाकलापमा आधारित रही सो कार्यतालिका बनाइएको हो ।

परराष्ट्र मन्त्री डा प्रकाशशरण महतको निर्देशनमा लामो समयको गृहकार्यपछि तयार गरी लागू गरिएको आव २०७३÷७४ को यस वार्षिक एकीकृत कार्यतालिकाको आधारमा मन्त्रालय मातहत व्यक्तिगत र निकायगत जिम्मेवारी तोकिएको छ ।

मातहत निकाय वा कर्मचारीले पनि यसै कार्यतालिकाको आधारमा आफ्नो जिम्मेवारीलाई परिणाममुखी बनाउने गरी आ–आफ्नो कार्यको कार्यतालिका निर्माण गरेर काम गर्नुपर्ने बताइएको छ । काम परिणाममुखी भए नभएको र निर्धारित लक्ष्य बमोजिम परिणाम हात लागे नलागेको बारेमा समय सीमाभित्रै जानकारी गराउनुपर्ने र त्यसको अनुगमन हुने व्यवस्था पनि सो तालिकामा रहेको छ ।

परराष्ट्रमन्त्री डा महतद्वारा स्वीकृत सो कार्ययोजना अनुसार उक्त मन्त्रालयअन्तर्गतका सबै महाशाखा, विभाग र नियोगलाई आ–आफ्नो विषय र क्षेत्रसँग सम्बन्धित कार्यको लक्ष्य र समयसीमा निर्धारण गरी यससँग तादात्म्य हुनेगरी निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी आर्थिक कूटनीतिको माध्यमबाट नेपालको पर्यटन, उद्योग, व्यापार, वैदेशिक लगानी र सहयोगको प्रवर्धनमा केन्द्रित भई तोकिएको समयमै कार्यसम्पन्न गर्नेगरी मातहतका विभाग र नियोगलाई पनि आ–आफ्नो कार्ययोजना तय गरी समन्वयात्मक रुपमा कार्य गर्न निर्देशन दिइएको परराष्ट्र मन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।

मन्त्रालयद्वारा हाल जारी परियोजनाको प्रगति मूल्याङ्कन, कार्यान्वयनमा उत्पन्न हुनसक्ने चूनौतीको पहिचान, कार्य सम्पन्नताको समय सीमा र कार्यान्वयन गर्ने निकायको जिम्मेवारीका बारेमा समेत सो कार्ययोजनामा उल्लेख गरिएको छ ।

मन्त्रालय मातहतका कर्मचारीले परिणाममुखी भएर काम गर्न सकुन् र सरकारले तोकेको लक्ष्य समयमै हासिल गर्नका लागि पारदर्शी रुपमा अनुगमनको व्यवस्था हुन सकोस् भन्ने उद्देश्यका साथ वार्षिक कार्यतालिका निर्माण गरी लागू गरिएको सो मन्त्रालयले जनाएको छ । रासस

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com