सुनसरीको इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला

काठमाडौँ । धार्मिक, सांस्कृतिक एवं जातीय पहिचान राख्ने लोककलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित पूर्वको सुनसरी जिल्लाको इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु गरिएको छ ।

इनरुवा नगरपालिकाको सहयोगमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान लोककला विभागद्वारा आयोजित कार्यशालाको उद्घाटन गर्नुहुँदै कुलपति केके कर्माचार्यले घरआँगनमा रहेको कलालाई सामाजिक रुपमा उजागर गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै आँगनमा भएको कला नै लोककला हो ।

हाम्रा चाडपर्व, रितिरिवाज, सामाजिक कार्यहरूमा बनाइने कला नै लोककला हो ।” उहाँले विभिन्न जाति, जनजातिहरुले परम्परागत रुपमा लोकलाको संरक्षण गर्दै आएको चर्चा गर्नुहुँदै संरक्षणमा निरन्तरता र प्रवद्र्धनका लागि सामाजिक अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले मठ, मन्दिर, गुम्बा, मस्जिदसँग सम्बन्धित लोकसंस्कृति र लोककला लोप हुने स्थितिमा रहेकाले त्यसको संरक्षणका लागि लोककला कार्यशाला आयोजना गरिएको बताउनुभयो । यसैगरी, प्रतिष्ठानको लोककला विभाग प्रमुख तथा प्राज्ञ मिथिलादेवी यादवले प्रतिष्ठानले सबै प्रदेशमा पुगेर लोककलाको खोजी, गोष्ठी, कार्यशाला र प्रदर्शनी गर्दै आएको बताउनुभयो ।

नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको संयोजनमा आइतबारदेखि सुरु भएको तीन दिने कार्यशालामा प्रदेश १ का सुनसरी, झापा, विराटनगर, काँकडभित्ता, इनरुवा लगायत स्थानका २४ भन्दा बढी कलाकारको सहभागिता रहेको प्राज्ञ मिथिलादेवी यादवले जानकारी दिनुभयो ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com