अमेरिकामा एशियाली मूलका मानिसले कोरोना फैलाएको आरोप : एट्लान्टामा आठ जना मारिए

एट्लान्टा। अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी छ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये चार जना कोरियाली भएको दक्षिण कोरियाले पुष्टि गरेको छ। अधिकारीहरूले तीनवटै घटनाका संलग्न रहेको आशङ्कामा एक २१ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको बताएका छन्।

मङ्गलवारको घटनाको कारण बारे बताइएको छैन। तर हालैका दिनमा एशियाली मूलका मानिसले कोरोनाभाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एशियाली मूलमा मानिसप्रति घृणायुक्त अपराध बढेका छन्।

बीबीसीका अनुसार गत साता राष्ट्रपति जो बाइडनले एशियाली अमेरिकीप्रति भएको आक्रमण, दुर्व्यवहार र आरोपको खण्डन गरेका थिए। तीनमध्ये पहिलो आक्रमण स्थानीय समयानुसार बेलुकी ५ बजे योङ् एशियन मसाज पार्लरमा भएको थियो। प्रहरीले दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना अस्पताल लगिएकोमध्ये दुई जनाको मृत्यु भएको बताएको छ। त्यहाँ मारिएकामध्ये दुई एशियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला रहेको बताइएको छ। त्यसको एक घण्टाभन्दा कम समयमा उत्तर-पूर्वी एट्लान्टामा गोल्ड स्पामा लुटपाट भइरहेको खबर प्रहरीले पाएको थियो।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com