प्रा. सूर्य सुवेदीको "पूर्वीय सभ्यतामा मानव अधिकार" नामक ग्रन्थ प्रकाशित

लण्डन (जीएनएन) । बेलायतको एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले अंग्रेजीमा लेखिएको प्रा. डा. सूर्य प्रसाद सुवेदीको “पूर्वीय सभ्यतामा मानव अधिकार” भन्ने ग्रन्थ प्रकाशन गरेको छ। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका प्रा. सुवेदी लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक हुन्।

पूर्वीय सभ्यताका मूल्य र मान्यता के हुन्, कसरी इशापूर्वको र औपनिवेशिक काल अघिको पूर्वीय सभ्यताले पाश्चात्य सभ्यतामा प्रभाव पारेको थियो र मानव अधिकारको प्रवर्द्धनमा पाश्चात्य सभ्यताले कसरी अग्रणी भूमिका निर्वाह गर्न सकेको हो भन्ने विषयमा उक्त ग्रन्थमा प्रकाश पारिएको छ।

बेलायतको एडवार्ड एलगार भन्ने प्रकाशन गृहले प्रकाशन गरेको उक्त पुस्तकमा प्रा. सुवेदीले मानव अधिकारको आफ्नो अनुभवबारे पनि विवेचना गरेका छन्। पूर्वीय सभ्यताको पुनरुत्थान र पुनर्जागरणले पाश्चात्य सभ्यताको देन मानिएको मानव अधिकारको विश्वब्यापी अवधारणालाई कस्तो असर पर्नेछ भन्ने बिषय पनि उक्त पुस्तकमा समावेश गरिएको छ।

यो लिंकमा गएर उक्त पुस्तक उपलब्ध गर्न सकिन्छ: https://www.e-elgar.com/shop/gbp/human-rights-in-eastern-civilisations-9781800883611.html

त्यस्तै अमाजोनको निम्न लिंकबाट पनि उक्त पुस्तक उपलब्ध गर्न सकिन्छ: https://www.amazon.co.uk/Human-Rights-Eastern-Civilisations-Reflections/dp/1800883617

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com