राजकुमार ह्यारी र मेगनको अन्तर्वार्ताबारे ब्रिटिश राजदरबारद्वारा 'गम्भीरतापूर्वक लिइने'

लण्डन। बकिङ्घम राजदरबारले ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रकृतिका प्रसङ्ग निकै ‘चिन्ताजनक’ भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ जनाएको छ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको एउटा वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसङ्गबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ।

बीबीसीका आनुसार मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्।

ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन्। दरबारले मेगन र ह्यारी सधैँ ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ।

दरबारमा बैठक

राजदरबारको पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको सङ्कटबारे उसले डाकेको बैठकपछि आएको हो। बैठकमा शाही परिवारका वरिष्ठ सदस्यहरू सहभागी थिए।

मेगन र ह्यारीका छोराको छालाको रङ्लाई लिएर गरिएको टिप्पणीबारे अन्तर्वार्तामा प्रसङ्ग उठेपछि बकिङ्घम दरबारमाथि प्रतिक्रियाका निम्ति तीव्र दबाव परेको थियो।

पछि राजकुमार ह्यारीले ओप्रालाई छालाको रङ्बारे टिप्पणी गर्ने मानिस महारानी वा राजकुमार फिलिप भने नभएको प्रस्ट्याएका थिए। दरबारले उसको वक्तव्यमा भनेको छ, पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ। शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसङ्ग पारिवारिक मामिला भएको ठानेको छ र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ।

यसबीच विपक्षी लेबर दलका नेता कियर स्टार्मरले मेगनले उठाएका जातिवाद तथा मानसिक स्वास्थ्य परामर्शमा असहयोगजस्ता विषयलाई ‘निकै गम्भीरतापूर्वक’ लिइनुपर्ने बताएका छन्।

डाउनीङ स्ट्रिटका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले अन्तर्वार्ता सोमवार राति हेरेका छन्। तर उनले कुनै टिप्पणी गरेका छैनन्।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com